वीरेन्द्रनगर सुर्खेतको बाङ्गेसिमलमा रक्तदान


११ भाद्र, सुर्खेत । वीरेन्द्रनगर १ बाङ्गेसिमलमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखाको सहयोगमा स्थानीय बाङ्गेसिमल वजार व्यवस्थापन समितिको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रक्तदान गर्दै १ नं. वडाका वडाअध्यक्ष गंगाराम सुनारले कोभिडको यो समयमा रगतको अभाव भैरहेको महसुस भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रम ४७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।