गर्भवती महिला मरिन्, बच्चा जन्माइन् र बिउँझिइन्


मरेका मान्छे कहिले घाटमा तथा कहिले चिहानमा बिउँझिएर सबैलाई आश्चर्यचकित तथा भयभित बनाएका विभिन्न समाचार बेलाबखतमा आउने गर्छन् । पछिल्लोपटक यस्तै खबर अमेरिकाबाट आएको छ अमेरिकामा मृत्यु भइसकेपछि एक गर्भवती महिलाले बच्चा पाइन् र बच्चा पाएपछि बिउँझिइन् ।
समाचार अनुसार अमेरिकाको टेक्सासस्थित मिसौरी सिटीको एक विद्यालयमा पढाउने अंग्रेजी शिक्षिका एरिका निग्रेली गर्भवती थिइन् । उनले पेटमा ३६ हप्ताको गर्भ बोकेकी एरिका कक्षाकोठामै पठाउने क्रममा एक्कासी मुर्छा परिन् । उनी मुर्छापरेपछि त्यहाँ हल्लीखल्ली भयो । उनको मुटु चल्न बन्द भैसकेको थियो । साथीहरुले कृत्रिम स्वासप्रस्वासबाट उनलाई बचाउने कोसिस गरे तर नसकेपछि उनलाई तत्काल अस्पताल लगियो ।
अस्पतालमा लगेर उनको पेटबाट शल्यक्रिया गरी बच्चा निकालियो । चिकित्सकहरुले इरिकाको मुटु चल्न छाडिसकेकाले उनको प्राविधिक रुपमा मृत्यु भैसकेको बताएका थिए । तर उनलाई अक्सिजन दिएर पोष्टमार्टमको शैलीमा शल्यक्रियाबाट बच्चा निकालियो । उनको मुटु बन्द भएको भएपनि मस्तिष्क अझै मरिसकेको थिएन । बच्चा जन्मिएसँगै चामत्कारिक रुपमा उनको मुटु समेत चल्न थाल्यो ।
उनी मृत्युपछि फेरी जिउँदो भएको घटनाले सबै अचम्ममा परे । चिकित्सकहरुले उनको मुटुमा गडबडी भएको बताउँदै कृत्रिम पेस मेकर हालिदिए । उनको बच्चा स्वस्थ रुपमा हुर्किरहेको बताइएको छ ।a