काठमाण्डौंमा आकस्मिक रक्तदान / सुर्खेतमा पनि २१ पिन्ट रगत संकलन



८ असोज, सुर्खेत । “रक्त व्यवस्थापनमा सबैको सहभागीता” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै आज काठमाण्डौको वडा नं. २८ मा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ ।

हाल भईरहेकाे रगतकाे माग र आपूर्तिमा मेल हुन नसकि उपचारार्थ विभिन्न अस्पतालमा भर्ना भएका विरामीहरूकाे जीवन रक्षार्थ रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा देशभर  रक्तदान कार्यक्रमकाे आयाेजना गर्न/गराउन गरिएको आह्वानलाई मुर्तरूप दिंदै आज काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित धाेविधारामा सिन्ह्वा ब्वाय्‌ज हाेस्टेलमा प्रथम पटक आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट” “राष्ट्रिय रक्त नायक” स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले मागको माग अध्याधिक भैरहेको र नयाँ स्वयंसेवी रक्तदाताहरु जन्माउनु हाम्रो कर्तव्यलाई मनन गर्दै रक्तदाता उत्प्रेरणा कार्यक्रम संचालन गरेर आज आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गर्न सफल भएका छौ  अझै त्यस्मा पनि १८ बर्ष लागेको यूवाहरुको सहभागिताले अझ उत्साही बनाएको छ। यसकार्यमा सहयोग पुर्याउनुहुने सबैमा हामी धन्यवाद ज्ञापन गर्दछौ ।

समाजका केन्द्रिय अध्यक्ष कर्माचार्यले सिन्ह्वा ब्वाय्‌ज हाेस्टेलका सञ्चालक सुजन श्रेष्ठलाई रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २८ का सदस्य एवं क्लब २८ का अध्यक्ष अरूण तण्डुकार लगाएत ४२ जनाले रक्तदान गर्नुभएको थियो । जस्मा भरखर १८ बर्ष लागेका अधिकान्स पहिलो पटक रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रबाट सिन्ह्वा ब्वाय्‌ज हाेस्टेललाई धन्यवाद-पत्र प्रदान गरिएको थियो ।

यसैवीच आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रदेश अस्पतालमा बढ्दो रगतको मागलाई ध्यानमा राख्दै विश्व फर्मासिष्ट दिवसको उपलक्ष्यमा नेपाल फार्मेसी संघ कर्णाली प्रदेश र नेपाल औषधी संघ कर्णाली प्रदेशले संयूक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमा २१ जनाले रक्तदान गर्नुभएको थियो ।