जहाजको ककपिटमा लेजर हान्ने समातिए


A320_Nepal_Airlines_01काठमाडौं । बैंककबाट फर्किदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरेको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको सेनाले निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्नेमा जडिबुटीमा तरकारी पसल सञ्चालन गर्दे आएका वीरेन्द्र थापागमर रहेको जनाएको छ । ‘१९ वर्षीय तरकारी पसले केटो रहेछ’ सैनिक स्रोतले भन्यो, ‘पहिलोपटक भएकाले उसले माफी मागेकाले सजग गराउँदै छाडिदियौं ।’

कोटेश्वर स्थित अरनिको राजमार्ग जोडिएको विमानस्थलको भीओआर डीएमइ उपकरणको सुरक्षामा खटिएको सेनाले घटना भएको भोलिपल्ट ती युवकको पहिचान गरेको हो ।

ती युवकले आफूले जिस्किएर लेजर लाइट चलाएको सेनलाई प्रस्टीकरण दिएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाककुरले शुक्रबारको उक्त घटनापछि नागरिकलाई जागरण गराउन बुधबादेखि माइकिङ गरिने बताए ।

‘धेरैलाई एउटा सानो लेजर लाइट अवरण हुँदै गरेको विमानको ककपिटतर्फ लगाउँदा कति हानी पुग्छ भन्ने विषको हेक्का नै नभएको देखिएकाले माइकिङ गर्ने भएका हौं’ प्रवक्ता ठाकुरले भने ।
लेजर लाइट अक्रमण बेहोरेका निगमका पाइलटका अनुसार ‘लामो समय लेजर लाइट आक्रमण भइरहे जहाज दुर्घटना हुन सक्ने सम्भावना हुन्छ ।’

साभारः नेपालीपत्र अनलाइन