MCC सम्झौता राष्ट्रघाती होः अध्यक्ष बोहोरा


१२ असार, सुर्खेत । देशव्यापीरुपमा MCC को तिब्र विरोध भैरहदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि विरोध गरिएको छ ।

नेपाल मजदुर पार्टीले आज देशभर जुलुस तथा विराेध काेण सभा गर्ने क्रममा सुर्खेतमा पनि विरोध कार्यक्रम गरेको हो ।

मजदुर किसान पार्टीको काेणसभामा नेमकिपा सुर्खेतका काेषाध्यक्ष गाेविन्दनाथ याेगीले MCC सम्झाैताहरूकाे प्रत्येक धारा तथा बुँदहरू उल्लेख गर्दै राष्ट्रघाती भएकाे बताउनुहुँदै याे संसदबाट खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक ले MCC परियाेजना बारे देशकाे लागि घातक रहेकाे राष्ट्रघाती सम्झाैता भएकाे बताउनुभयाे ।

कोणसभालाई समापन गर्दै नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर वाेहराले काेराेनाकाे कहरकाे अवस्थामा सरकारले नागरिककाे हेरविचार गर्न नसकेकाे बताउँदै यही अवसरमा भारतीय नागरिकलाई १५ बर्ष पछि मात्रै अंगिकृत नागरिकता दिनुपर्ने बताउनुभयो । सभामा अध्यक्ष बोहोराले MCC सम्झाैता राष्ट्रघाती भएकाे यसैगरि देशकाे जनता धनी हुने भनेर झुक्याउँदै पूर्व एमालेले महाकाली सन्धि गरेर राष्ट्रघात गरेकाे स्मरण गराउनुभयाे

सभाको सहजीकरण नेमकिपा सुर्खेत सहसचिव शेरबहादुर शाहीले गर्नुभएकाे थियाे ।