वीरेन्द्रनगर–९ मा सार्वजनिक सुनुवाई


कार्तिक २७, सुर्खेत । मंगलबार(आज) वीरेन्द्रनगर–९, सुुर्खेतमा बेमौसमी तरकारी तथा प्रविधि विकास उप–आयोजनाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एकिकृत शत्रुजित ब्यवस्थापन कृषि सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ९ तिलपुर, सुर्खेतको आयोजना तथा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगञ्ज बाँकेको सहयोगमा प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको उन्नाईस लाख सत्हत्तर हजार एक सय अनुदान र सहकारी संस्थाको चौविस लाख छ हजार चार सय गरी जम्मा त्रिचालीस लाख त्रिरासी हजार पाचँ सय एक रुपैया लागतमा सहकारीका किसान हरुलाई बेमौसमी तरकारी उदपादनका लागी उप–आयोजना बन्ने भएको छ । उप आयोजनाले किसान लाई बेमौसमी तरकारी उत्पादनमा जोड दिनुका साथै रोजगार सिर्जन गर्ने वीरेन्द्रनगर नगरपालीका ९ नम्बर वडा अध्यक्ष सुरेस मानन्धरले बताए ।

कार्यक्रममा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले दिने अनुदान र सहकारी संस्थाको गर्ने लगानीका बारेमा कृषक लाई जानकारी दिएको छ । बेमौसमी तरकारी उत्पादनका लागी उक्त रकमले पुर्वाधार निमार्ण, मेशिन तथा औजार, कच्चा पदार्थ, प्रविधिक तथा श्रम र बाली विमा लगायतका कामहरु संचालन हुने साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाका प्रतिनिधि गोपाल विकले जानकारी दिए । कार्यक्रम सहकारीका अध्यक्ष सेतु जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।