-डा. गोपालरमण शर्मा, वरिष्ठ स्नायू शल्यचिकित्सक, वीर अस्पताल
मानिस अस्वभाविक रूपमा अग्लो र होचो हुने समस्यालाई चिकित्सकीय भाषामा पिट्युटरी ग्रन्थीको समस्या भनिन्छ । पिट्युटरी ग्रन्थीमा आउने समस्याको परिणाम अग्लो वा होचो हुनुमात्रै लागेपनि यसले अन्य धेरै समस्या निम्त्याउँछ । पिट्युटरी ग्रन्थीले धेरै हर्मोन उत्पादन गर्दछ । ग्रोथ हर्मोन, थाइराइड, गर्भाधानको लागि आवश्यक पर्ने हर्मोन, दुध उत्पादन गर्ने हर्मोन जस्ता शरीरलाई चहिने हर्मोनलाई नियन्त्रण र सन्तुलन गर्ने काम पिट्युटरी ग्रन्थीको हो ।
शरिरलाई ५ न्यानोग्राम गा्रेथ हर्मोन चाहिन्छ । ५ न्यानोग्राम भन्दा कम भयो भने शरीरको विकास कम हुन्छ र होचो बनाउछ तथा बढी भयो भने अग्लो र ठुलो बनाउछ । हर्मोन बढी हुँदा अग्लो बनाउछ जसलाई याक्रोमेगाली भनिन्छ । याक्रोमेगाली युवामा भयो भने शरीरका हड्डी र अंगहरु ठुलो हुँदै जान्छ भने बाल्यकालमा भयो भने धेरै अग्लो वा धेरै होचो हुने समस्या देखिन्छ ।
अमेरिकी पूर्व राष्ट्रपति अब्रहम लिंकन, भारतका चर्चित खेलाडी ब्रटखलीलाई पनि यही समस्या थियो । जसका कारण उनीहरु अस्वभाविक अग्ला भएका थिए । यस्ता समस्या भएकाहरु देख्दा अग्ला वा होचा देखिएपनि शारीरिक रुपमा भने कमजोर हुन्छन् । उनीहरुको बोली पनि धोद्रो हुन्छ ।
ब्रेनको बीच भागमा हुने पिट्युटरी ट्युमरले दश प्रतिशत ब्रेन ट्युमरको भाग ओगटेको हुन्छ । पिट्युटरी ग्रन्थी एन्टिरियर र पोष्टिरियर गरी दुई वटा हुन्छन् । दुइवटै पार्टबाट शरीरलाई चाहिने हर्मनहरु उत्पादन हुन्छ । शरीरलाई आवश्यक पर्ने थुपै्र हर्मन उत्पादन गर्ने काम यसको हो । पिट्युटरी ग्याल्यान्डले उत्पादन गर्ने धेरै हर्मन मध्ये ग्रोथ हर्मन सबैभन्दा महत्वपूर्ण हर्मन हो । यसले शारीरिक विकासको लागि मद्दत पु¥याउँछ । हर्मनको बढी उत्पादनले अंगका आकारहरु बढ्दै जान्छ र उचाइ पनि बढ्दै जान्छ । तौल र उचाइ मात्रै होइन, शरीरका अन्य सिष्टमलाई पनि असर गर्छ । हर्मन उत्पादन बढी हुँदा मुटुको रोग, हड्डी बढ्ने, सुगर र ब्ल्ड प्रेसरको रोगहरु पनि लाग्न सक्छ ।
पिट्युटरी ट्युमर दई प्रकारको हुन्छ । एउटा हर्मोन निकाल्ने र अर्को हर्मोन ननिकाल्ने । हर्मोन ननिकाल्ने पिट्युटरी ट्युमरले आँखालाई मात्र खराब गर्छ । यो के कारणले हुन्छ अहिलेसम्म पत्तालाग्न सकेको छैन । हार्मोन निकाल्ने ट्युमरले हार्मोन बढी उत्पादन गर्छ । हार्मोन उत्पादन बढी भएर शरीर बढ्दै जाने समस्यालाई जाइजटिजम अर्थात् ग्रोथहर्मन प्रड्युसिङ्ग ट्युमर भनिन्छ । शरीर बढ्ने वा नबढ्ने बाहेक पनि पिट्युटरीका कारणले बाँझोपन, महिनावारी बन्द हुने र दूध बगिरहने समस्या गराउँछ । त्यसलाई प्रोल्याकटिनोमा भनिन्छ ।
साभारः स्वास्थ खबर पत्रिका




Milan Shrestha । १६ बैशाख २०७३, बिहीबार १२:१७ बजे