छिमेक लघुवित्तको २४औं बार्षिक उत्सवमा ३३ पिन्ट रगत संकलन


११ मंसीर, सुर्खेत । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको २४औं बार्षिक उत्सवको अवसरमा आज कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णालीका सर्वाधिक रक्तदाता (८४ पटक) प्रवाशकुमार शाक्यले छिमेक लघुवित्त सुर्खेत शाखाका शाखा प्रवन्धक मानबहादुर रानालाई रक्त संकलन थैली हस्तान्तरण गरि शुरु गरिएको थियो । समाजका केन्द्रीय सदस्य शाक्यले मानिसको अमूल्य चिज रगतलाई दान गर्न सम्पूर्ण यूवापुस्ता अगाडी बढ्न जरुरी छ रगत कहीकतै खरिद गर्न नसकिने भएकोले पनि रक्तदान गर्न नितान्त आवश्यक रहेको बताउनुभयो ।

यस्तै शाखा प्रवन्धक रानाले बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान जस्तो महान पुण्यकार्यको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यो महानकार्यमा समन्वय गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखा र प्राविधक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रलाई धन्यवाद ज्ञापन गर्दछु । त्यस्तै रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख देपेन्द्र के.सी. अहिले प्रदेश राजधानीमा रगतको खपत दिनहुँ बढ्दै गईरहेकोले सबै रक्तदाताहरु रक्तदानमा समर्पित हुन अनुरोध गर्नुभयो । उहाँ भन्नुहुन्छ “आज संकलन गरिएको रगतले पनि धेरै विरामीहरुलाई राहत हुन्छ । त्यसैले रक्तदानमा लाग्न म यूवापुस्तालाई विशेष अनुरोध गर्दछु ।”

कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।

oplus_0