गोरखाको बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गरिने : प्रधानमन्त्री


timthumbकाठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन् । 

बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु” –भने ।

साभारः खबरइरा अनलाइन