
सुर्खेत, ९ फागुन । सुर्खेत जिल्लाको एकमात्र ऐतिहासिक एवंम् धार्मिक महत्व बोकेको वीरेन्द्रनगर–९ ,लाटिकोइली स्थीत शिव मन्दिरमा ५१ फिट अग्लो ‘अर्ध नारेश्वर’को मुर्ति स्थापनाका लागी आज शिबरात्रिको दिन पारेर बाबा हरिनाथ योगी बाट शिलान्यास गरिएको छ ।
मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिव मन्दिरमा स्थापना गरिने उक्त मुर्तिका लागि २६ लाख रुपैयाँ लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले जानकारी दिनुभयो । ‘कर्णालीकै सबैभन्दा पुरानो इतिहाँसका रुपमा रहेको शिव मन्दिर भग्नावशेष रुपमा रहेको थियो, विभिन्न सहयोगी दाताहरुबाट दान मागी हामीले मन्दिरलाई पुनर्निामाण गरेका हौं ।’ मानन्धरले थप्नुभयो, मन्दिरको व्यवस्थापनका लागि गत साउनमा तीन दिने शिवपुराण महायज्ञ आयोजना गरिएको थियो । महापुराणबाट १ करोड ७ लाख २९ हजार ९०० रुपैयाँ संकलन गरेका थियौ ।
यसै गरी शिवपुराण महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ध्रव कुमार श्रेष्ठका अनुसार कुल बजेटमध्ये ८० लाख रुपैयाँ बैंकमा मुद्धती खातामा राखिएको छ । बाँकी रकम ‘अर्ध नारेश्वर’ मुर्ति बनाउनका लागि खर्च गरिने श्रेष्ठले बताउनु भयो ।
वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले नेपालमै यस्तो अग्लो र अर्धनारेश्वरको मुर्ति पहिलोपट स्थापना गर्न लागिएको बताउनु भयो ।
एउटै ढुंगाबाट शिव र पार्वतिको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मुर्तिले समाजमा सकरात्मक सन्देश पु¥याउने भएकोले यस्तो निर्णय गरिएको स्थानीय प्रवेशमान मानन्धले जानकारी दिनु भयो। उहांले स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट छुट्याउनुपर्ने बताउनु भयो।
शुक्रबार गरिएको अर्धनारेश्वर मुर्तिको शिलान्यास समाजसेवी नारायण कोइराला, भुषण मानन्धर लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।



Milan Shrestha । ९ फाल्गुन २०७६, शुक्रबार १२:३० बजे