भैरवनाथ गणमा गुन्द्री र बोरा चुसेर बाच्यौँ


 लुइटेल दिनेश
हिमाल शर्माको जनयुद्ध अनुभव
नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्ध सुरु गरेको शनिबार २१ वर्ष पुगेको छ । २१ वर्ष अघिको एउटा माओवादी अहिले आधा दर्जन भएका छन् । जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत माओवादीको नेतृत्वमा छन् ।  मोहन वैद्य ‘किरण’ नेकपा ९क्रान्तिकारी० माओवादीको नेतृत्व गरिरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादीको महासविच बनेका छन् । मातृका यादव छुट्टै माओवादी पार्टी बनाएर बसेका छन् । जसले जुनजुन पार्टी बनाए पनि सबै माओवादीले फागुन १ गतेसबै माओवादी जनयुद्धको सम्झना गर्दै छन् । माओवादी जनयुद्धमा हजारौँ सहिद भए । सयौँ बेपत्ता छन् । यातनाको शृङखला लामो छ । जनयुद्ध दिवसको अवसरमा पढ्नुहोस्, एमाओवादी युवा नेता हिमाल शर्माले नयाँ पेजका लागि लुइटेल दिनेशसँग साटेका युद्ध भोगाई स्

जिउदो साक्षी

युद्धका क्रममा हाम्रा सयौँ कार्यकर्ता सहिद भए । सयौँ साथी काठमाडौँको भैरवनाथ गणबाट बेपत्ता हुन पुगे । म पनि तत्कालिन शाही सेनाद्वारा गरिफ्तारमा परेँ । जतिबेला काठमाडौँ जिल्ला पार्टीको सेक्रेटरी थिएँ  । अखिल क्रान्तिकारीको केन्द्रीय महासचिव थिएँ ।

    ०६० साल कात्तिक ३ गते असनबाट शाही सेनाले गिरफ्तार गर्यो ।  मानव बधशालाका रुपमा चर्चित भैरवनाथ गणमा कहालिलाग्दो जीवन बिताएँ । २७ महिनाका दर्दना दिन सम्झदा म जिउदो साक्षी छु ।

०६० साल कात्तिक ३ गते असनबाट शाही सेनाले गिरफ्तार गर्यो ।  मानव बधशालाका रुपमा चर्चित भैरवनाथ गणमा कहालिलाग्दो जीवन बिताएँ । २७ महिनाका दर्दना दिन सम्झदा धन्न जिउदै छु जस्तो लाग्छ । यातनाका कुरा गरिसाध्य छैनन् । २७ महिना पछि नख्खु जेलमा पुगेर मुकुन्डो र आखाँपट्टी खोल्न पाइयो ।

हजार पटक मरेर बाचेँ

भैरवनाथ गण सपना जस्तो लाग्छ ।  त्यो बेला लाग्थ्यो, ‘हजार पटक मरेर बाच्नु भन्दा एक पटक मर्न सजिलो’, बाल्यकालमा चलचित्रमा यातनाका दृश्य देखेको थिएँ । ति दृश्य देख्दा धेरै पटक रोएको थिएँ । अन्तिममा, आखिर चलचित्र न हो भनेर चित्त बुझाउथेँ । समयले आफैँ दर्दनाक पीडा भोग्नु पर्ने बनायो । अहिले ति दिन सम्झदा नरकबाट फर्के जस्तो, अझ   मृत्युशैयाबाट फर्केर आए जस्तो अनुभूती हुन्छ ।

बाँच्छु होला भन्ने एक इञ्च पनि कल्पना थिएन । मेरो मृत्यु हत्केलामा छ भन्ने लाग्थ्यो । तर आत्मसपर्ण गर्न लाउदा मनमनै भन्थे, ‘म गद्दार भएर मर्ने या शहीद भएर सधैँ बाँच्ने रु’ त्यो समयमा यो एउटै सूत्र थियो । विचारले  बचायो । सेनाको व्यवहार भनी साध्य छैन । अहिलेको सन्दर्भमा सबै कुराहरु ‘एक्सपोज’ नगर्नु राम्रो होला  ।

ज्ष्mब िक्जबचmब थयगलन भिबमभच या ग्एऋल् mबयष्कत लबथबउबनभ ऋयखभचज्ञ

तत्कालीन अवस्थामा मेलै सबैकुरा भनेको पनि छु । केहीकेही कुरा सम्झदा असाध्यै दुःख लाग्छ । हो हामी विद्रोही हौँ । विद्रोह गरेर अघि बढेको कार्यकर्ता भएको हुनाले पक्राउ पर्नु मुठभेडमा मारिनु सामान्य थियो । अझ जेलनेल खाएर दुःख पाउनु झन् सामान्य हो । वर्ग संघर्ष जसरी पेचिलो बन्दै अगाडि जान्छ, अवश्य पनि उनिहरुको कब्जामा बस्नेहरुले दुःख पाउनु स्वभाविक छ ।  तर, सेनाले मलाई पक्राउ गरेको कुरालाई सर्वजनिक कहिल्यै गरेन । पक्राउ परेको विद्रोही सार्वजनिक गर्नु पर्दैन रु मानवअधिकारवादीले कति पटक सेनालाई मेरो बारेका पत्रचार गरेर सोध्यो रु अह शाही सेना र भैरवनाथ गणले कहिलै आफ्नो कब्जामा राखेको कुरा स्वीकार गरेन । २७ महिना बेपत्ता बनाएर राख्यो ।

यातनाले बेहोस् हुन्थेँ

२७ महिनासम्म आँखा हेर्न पाइन । हात सिधा भएनन् । खुट्टाका नेल छुटेनन् । चौबीसै घण्टा मुकुन्डो, आँखामा पट्टी, पछाडि बाँधिएर हात र खुट्टामा नेलहरु सँगै यातना मात्र हुन्थ्यो ।

बयान लिदा याताना दिने कुरा भिन्दै थियो ।