यौनप्रति अतिरिक्त अभिरुचि किन ?


२९ माघ, अन्य जीवसँग मानिसको यौनजीवनको तुलना गर्नेहरूले मानिसलाई यौनपिपासु बताउने गर्छन्। अन्य जीवले सन्तानोत्पत्तिका लागि मात्रै यौन सम्पर्क राख्ने गर्छन्। तर, मानिसले सन्तानोत्पतिका साथै सन्तुष्टि र आनन्द हासिल गर्न पनि यौन सम्पर्क राख्ने गर्छ। अन्य जीवले एक बेतमा एकपटक यौन सम्पर्क गर्छन् । मौका मिल्यो भने मानिसले वर्षैभरि यौनको मज्जा लिन्छ।

त्यस्तै, अन्य जीवले प्रायः गोप्य ठाउँमा अथवा जो पायो त्यहीसँग यौन सम्पर्क राख्ने गर्छन् । यो मामिलामा पनि मानिस भिन्न छ । उसले निश्चित यौनसाथी (श्रीमान वा श्रीमती, प्रेमी वा प्रेमिका) सँग मात्रै यौन सम्पर्क राख्ने गर्छ । त्यस्तै उसले खुला ठाउँमा सबैले देख्नेगरी नभई गोप्य ठाउँमा यौनको स्वाद लिने गर्छ ।

मानिसको यौनांगको प्रकृति बाँदर प्रजातिका अन्य जीवको तुलनामा समेत भिन्न छ । बाँदर प्रजातिका जीवमध्ये सबैभन्दा लामो लिंग भएको प्रजाति मानिस नै हो । अण्डकोषको आकारमा भने उसलाई बाँदर प्रजातिका अन्य जीवले उछिनेका छन्। मानिसको यौन जीवन र उसका यौनांगहरूको प्रकृति यस्तो भिन्न किन छ ? मानव समुदायमा यौनबारे पढ्ने अभिलाषालाई यौनको स्वाद चाख्ने अभिलाषाले मात्रै किन जित्न सक्यो ? माथि उल्लेखित दुई किताबमा डायमन्डले यी प्रश्नको जवाफ दिने जमर्को गरेका छन् ।

यौन र प्रेमः आवश्यकताको उपज


मानिसमात्र होइन, अन्य जीवका लागि पनि यौन अभिरुचिको विषय हो । डायमन्डका अनुसार जनावरका लागि सेक्स एउटा डरलाग्दो विलासिता हो । पोथीसँग क्षणभरका लागि सेक्स गर्न भाले प्रजातिका जनावरले एकअर्कालाई सांघातिक हमला गर्ने गर्छन् । हमलामा परी कुनै एकको ज्यान जाने जोखिम पनि हुन्छ । पोथीको पछि लाग्ने धुनमा भाले जनावरले खानाको जोहो गर्न पनि बिर्सिन्छ । सेक्समा लीन भएको बेला परभक्षी जनावरले हमला गरेर ज्यान लिने जोखिम हुँदाहुँदै पनि उसले सेक्सका निम्ति आफूलाई अग्रसर गराउँछ ।

यस मामिलामा मानिस भाग्यमानी छ । सेक्सका लागि उसले स्थायी साथीको चयन गरेको हुन्छ, बिहेमार्फत । मानिसलाई स्थायी सेक्स पार्टनरको सुविधा प्राप्त हुनुको जैविक कारणबारे किताबमा डायमन्डले लेखेका छन् ।

‘हन्टिङ एन्ड ग्यादरिङ’ जीवनशैलीले खाद्य सुनिश्चित गर्न अप्ठेरो पर्दै गएपछि मानिसले कृषि र पशुपालन सुरु ग¥यो । यसका लागि उसलाई एउटा सानो मानव समूह आवश्यक परेपछि उसले गृहस्थी सुरु ग¥यो । अन्य मानिसबाट सुरक्षाका लागि सामूहिक पहल गर्न उसले समुदाय निर्माण ग¥यो ।

सँगै बस्न र सन्तानोत्पत्ति क्रियामा संलग्न हुन महिला र पुरुषमा पाइने विपरीत लिंगीप्रतिको आकर्षणले काम ग¥यो । महिला तथा पुरुषमा हुने एकअर्काप्रतिको आकर्षण सन्तान हुर्काउनसमेत आवश्यक भएकाले मानव समुदायमा सेक्स अतिरिक्त अभिरुचिको विषय बनेको डायमन्डको निष्कर्ष छ ।

प्रायः जीवहरूको यौन जीवन स्वच्छन्द छ । अर्थात्, उनीहरू जो कोहीसँग सेक्स गर्न स्वतन्त्र छन् । सेक्स गरेपछि पोथीलाई पछ्याउन ती भालेले आवश्यक ठान्दैनन् । किनकि, एकपटक वीर्यद्वारा सेचन भइसकेपछि पोथी तृप्त हुन्छे र लामो अवधिसम्म उसले सेक्सका लागि भालेलाई आह्वान गर्दिन । यही खालको स्वभाव मानिसमा हुन्थ्यो त मानिसको नश्ल नै जोखिममा पर्नसक्थ्यो भन्ने आशंका डायमन्डले गरेका छन् ।

अन्य जीवले सन्तात जन्माए पुग्छ । लामो समयसम्म लालनपालन गर्नु पर्दैन । गाईले बाछो पाएपछि उसलाई हिँड्न, कुद्न सिकाइरहनु पर्दैन । जन्मिनासाथ बाछो आफैँ हिँड्ने, कुद्ने, घाँसपराल खाने गर्छ । तर, मानिसका सन्तानलाई भने लामो समय लगाएर व्यवस्थित रूपमा हुर्काउने, बढाउने, अनेक प्रतिकूलताबाट जोगाएर ठूलो बनाउने अभिभारा अभिभावकको हुन्छ । परिवारजस्तो इकाईमा रहनु जीविकोपार्जनका लागि मात्र होइन, सन्तानको लालनपालनका लागि पनि आवश्यक भयो । जुन जीवले समय लगाएर सन्तान हुर्काउनुपर्छ, ती जीवमा स्थायी अथवा केही कालसम्मका लागि स्थायी खालको यौनसाथी उपलब्ध हुने व्यवस्था निर्माण भयो भन्ने डायमन्डको तर्क छ ।

जीविकोपार्जनका लागि घर बसाउन र सन्तान हुर्काउन आमा एक्लैले सक्दिनन् । आमाले बच्चाको हेरचारमै केही वर्ष बिताउनुपर्ने हुन्छ । यस अवधिमा आमा र बच्चाको लालनपालनका लागि बाबुको उपस्थिति आवश्यक पर्छ । श्रीमती र बच्चाको लालनपालनका लागि उनीहरूसँगै बस्न आकर्षित गर्ने हेतुले मानिसमा अतिरिक्त यौन अभिरुचि पैदा भएको दुवै किताबमा जनाइएको छ ।

यौनचाहना परिपूर्तिकै कारण पुरुषले महिलालाई सुत्केरी अवस्थामा पनि त्याग गर्दैन । त्यस्तै, महिला पनि अन्य पोथी प्रजातिभन्दा यौन अभिरुचिको मामिलामा अघि छे । गर्भाधानको मौसम आएपछि र यसका लागि आफू योग्य भएपछि केही दिनका लागि अन्य पोथी प्रजातिले सेक्सका लागि भालेलाई आह्वान गछनर्् । तर, भर्खरै महिनावारी भएर गर्भाधानका लागि केही दिनसम्म उपयुक्त नभएकी महिला पनि सेक्सका लागि तत्पर हुन्छे । यदि मानिसमा यस्तो अतिरिक्त यौन अभिरुचि नहुँदो हो त विवाह नामक संस्था नै मानव समुदायबाट लोप हुनसक्ने अनुमान डायमन्डको किताब पढेर गर्न सकिन्छ ।


सिपालु प्रकृति


एउटै संसर्गमा गर्भाधान हुन्थ्यो त मानिसको यौन अभिरुचि धेरै हदसम्म कम हुने थियो । पोथी गुरिल्लाले एउटा बच्चालाई जन्म दिएको तीन अथवा चार वर्ष पूरा नभई सम्भोग गर्दिन । त्यसपछि पनि दुई दिनका लागि मात्रै सेक्सका निम्ति ऊ तयार हुन्छे । गर्भवती भएपछि फेरि सेक्सका लागि उन्मुख हुँदिन । त्यही भएर उनीहरूको समुदायमा विवाह प्रतीत हुने संस्था छैन ।

विवाह संस्थालाई टेवा पुग्ने खालको प्रजनन क्षमता मानिसले क्रमिक विकासका क्रममा हासिल गरेको हो । अन्य जीवले एकै संसर्गमा गर्भ बसाउँछन् । डायमन्डका अनुसार यौन जीवन ज्यादै एक्टिभ हुने भर्खरै विवाह गरेका दम्पतीले पनि एक मासिक चक्रमा गर्भ बसाउने सम्भावना ३० प्रतिशतको हारहारीमा हुन्छ । त्यही भएर गर्भ बसाउनका लागि मानिसले अन्य जीवको तुलनामा बढी प्रयास गर्नुपर्छ । यसले बढी पटक सेक्समा लिन हुने माहौल सिर्जना गरिदिन्छ । मैथुन र प्रेमको सवालमा मानिस फरक हुनुको अर्को जैविक कारण यो पनि भएको डायमन्डको तर्क छ ।


लिंग लामो, अण्डकोष सानो

‘द थर्ड चिम्पान्जी’मा डायमन्डले मानवजस्तै ३३ वटा प्रजातिको अण्डकोषको अध्ययन गर्ने एकजना बेलायती वैज्ञानिकको निष्कर्ष साभार गरेका छन् । ती बेलायती वैज्ञानिकको अध्ययनले के निष्कर्ष निकालेको छ भने सामूहिक सेक्स गर्नेहरूको अण्डकोष ठूलो हुन्छ । किनकि, आफ्नो जिन फैलाउने चाहना हरेक भालेमा हुन्छ । सामूहिक सेक्स अभ्यास हुने समुदायमा जिन फैलाउनु अप्ठेरो छ । एकैपटकमा धेरै भालेले एउटी पोथीसँग सम्भोग गर्ने गर्छन् । यस्तोमा आफूले सम्भोग गरेकै बेलामा गर्भ बसोस् भन्ने चाहना भालेले राखेको हुन्छ । यस्तो चाहनाकै उपज हो, सामूहिक सेक्स अभ्यास गर्ने प्रजातिका भालेमा पाइने ठूलो अण्डकोष । किनकि, ठूलो अण्डकोषबाट धेरै वीर्यपात गराउन र एकै संसर्गमा गर्भ बसाउन सकिन्छ । मानिसलाई यस्तो चिन्ता नभएकाले सानो अण्डकोष उसका लागि ठीक छ । किनकि, बाबु बन्न उसले अन्य पुरुषसँग प्रतिस्पर्धा गर्नु पर्दैन । विवाहमार्फत उसले स्थायी पत्नीको जोहो गरेको हुन्छ ।

अन्य बाँदर प्रजातिको तुलनामा मानिसको लिंग लामो किन हुन्छ भन्ने कुराको समेत डायमन्डले दुवै किताबमा चर्चा गरेका छन् । बाँदर प्रजातिको अन्य पुरुष जीवको भन्दा लामो लिंग भए पनि पुरुषमा आफ्नो लिंग अझ लामो बनाउने अभिलाषा हुन्छ । स्त्रीलाई आकर्षित गर्न नभई स्त्रीको योनीको आकारअनुरूप पुरुषको लामो लिंग निर्मित भएको डायमन्डको निष्कर्ष छ ।

महिलाले कुप्रिएर हिँड्ने अवस्थाबाट सीधा भएर हिँड्न थालेपछि उसको हिप बोन र प्युबिक बोन अतिरिक्त ठूलो हुन पुग्यो । यसले गर्दा महिलाको योनी गहिरो हुन पुग्यो । योनीको भित्रैसम्म पु¥याएर स्खलन गराउँदा गर्भ बस्ने सम्भावना बढी भएकाले प्रकृतिले पुरुषको लिंगलाई पनि लामो बनायो ।

डायमन्डका अनुसार पुरुषको लिंग औसत पाँच इन्चको हुन्छ । चिम्पान्जीको तीन इन्चको हुन्छ । गुरिल्लाको डेढ इन्चको हुन्छ । तर, पुरुषको लामो लिंग महिलाको अभिरुचिको विषय भने होइन । लिंगको आकारप्रति महिलाभन्दा पुरुष नै बढी चिन्तनशील हुने गरेको डायमन्डको भनाइ छ ।

‘ह्वाई इज सेक्स फन’मा डायमन्डले महिलाहरूले पुरुषको आवाज, खुट्टा, पाखुरा आदिप्रति आफू बढी आकर्षित हुने गरेको बताउने गरेको उल्लेख गरेका छन् । लिंगको आकार हेरेर अथवा अनुमान गरेर कुनै पुरुषलाई मन पराएँ भन्ने महिला प्रायः नभेटिने उनको भनाइ छ ।

‘द थर्ड चिम्पान्जी’ किताबमा डायमन्डले महिलाहरूको निम्ति निकालिने म्यागजिन ‘भिभाज’ले केही वर्षअघि नांगो पुरुषको फोटो छाप्न सुरु गरेको घटनाबारे उल्लेख गरेका छन् । पुरुषको नग्न तस्बिर छापिन थालेपछि महिलाले म्यागजिनप्रति कम रुचि देखाएको पाइएपछि पुरुषको नग्न तस्बिर छापिन बन्द भएको थियो । नांगो पुरुषको तस्बिर छापिन छोडेपछि महिला पाठक पुनः बढेको र पुरुष पाठक घटेको डायमन्डले उल्लेख गरेका छन् । अर्थात्, पुरुष पाठकले पुरुषको नग्न तस्बिर हेर्नकै लागि म्यागजिन खरिद गर्ने गरेका थिए । किनकि, लिंगको आकारले पुरुषको क्षमता अथवा हाँक प्रतिविम्बित गर्छ भन्ने मनोविज्ञान पुरुष स्वयंमा हुन्छ । अन्य पुरुषलाई ठूलो लिंग देखाएर आफ्नो पौरुषको प्रमाण पेश गर्ने चिन्ता पुरुषलाई हुन्छ । महिलालाई यसप्रति त्यति चासो हुँदैन ।

योनीको गहिराइअनुरूप लिंगको लम्बाइ तय भएको छ । यदि योनीभन्दा लिंग ठूलो हुन्थ्यो त महिलालाई अप्ठेरो पर्ने थियो । लिंगको आकारप्रति पुरुष बढी आसक्त भएको भन्ने भनाइ पुष्टि गर्न डायमन्डले न्यू गिनीका पुरुषले बनाएको लिंगको चित्रसम्बन्धी अध्ययनलाई प्रमाणका रूपमा पेश गरेका छन् । त्यहाँका पुरुषले बनाउने पुरुषकै नग्न चित्रमा लिंगको आकार सकेसम्म लामो बनाउन खोजिएको हुन्छ । यदि पुरुषलाई आफ्नो लिंगको आकार निर्धारण गर्ने सुविधा हासिल हुन्थ्यो त यो युवतीहरूका लागि ज्यादै पीडादायक हुने थियो भनी डायमन्डले ठट्यौली पारामा गरेको तर्क रोचक छ । –

साभारः नागरिक न्यूज