जिल्ला दैवी प्रकोप उद्धार समिति, सुर्खेतलाई सामग्री हस्तान्तरण


५ असोज २०७३
सुन्दर नेपाल संस्था, सुर्खेतले जिल्ला दैवी प्रकोप उद्धार समिति, सुर्खेतलाई विपद् व्यवस्थापन सम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकका अवसरमा सो सामग्रीहरु हस्तान्तरण गरिएको हो । यूकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन परियोजना अन्तर्गत जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको स्थापना र सुदृढीकरणलाई सहयोग पुग्ने गरी विपद् व्यवस्थापन, पूर्व तयारीTHE-TRITNA-1 र प्रतिकार्यका लागि जिल्लालाई आवश्यक पर्ने सामग्री लाइफ ज्याकेट, प्राथमिक उपचार किट, लाइट सहितको सेफ्टी हेल्मेट, स्टेचर, सर्च (फोकस ) लाइट, वालकटर, मेगा फोन, फायर एक्सटिंगुइसर, हाते साइरन लगायत गरी कूल ३,५४,७०७।– बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै गरी सुन्दर नेपाल संस्थाद्वारा युएसएडको आर्थिक सहयोगमा सञ्चालित पहल कार्यक्रम अन्तर्गत खोज उद्धार तथा गैह्र खाद्य सामग्रीहरु त्रिपाल, नाइलनको डोरी, प्लास्टिकको डोरी, कम्बल, प्लास्टिको गुन्द्री, मग, डेक्ची, डाडुपनिउँ, थाल, कचौरा, जर्किन, महिलापुरुष तथा बालबालिकाका लागि कपडा, लाइफ ज्याकेट, हेल्मेट, रबर ट्युब, आल्मुनियमको भर्याङ्ग, बेल्चा, क्रोबार, क्याराबाइनर, म्याट्रेस, ह्यामर, स्ट्रेचर, डाइनामिक डोरी, ¥यापलिङ्ग डोरी, फोकस टर्च, गैँटी, जेट सुटर, स्वाटर, प्राथमिक उपचार किट, सामग्री राख्ने टिनको बाकस लगायतका ५,२८,२०२।–बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । सो अवसरमा हस्तान्तरण गरिएका सामग्रीहरु विपद् व्यवस्थापन, पूर्व तयराी एवम् प्रतिकार्यका लागि आवश्यक र सहयोगी हुने धारणा प्रमुख जिल्ला अधिकारी श्री राजकुमार श्रेष्ठले राखेका थिए ।