फोनिज कर्णाली अध्यक्षमा पुनः शाक्य र सुर्खेत जिल्ला अध्यक्षमा गुरुङ्ग निर्विरोध निर्वाचित


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पुनः प्रवाश कुमार शाक्य चयन हुनुभएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न महासंघको तेश्रो प्रादेशिक महाधिवेशनले शाक्यलाई पुनः अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्ष सल्यानका नवीन पुन, महासचिवमा मिलन श्रेष्ठ (सुर्खेत), सचिवमा सुस्मिता थापा मगर (सल्यान) र कोषाध्यक्षमा नन्दराम घर्ती (सुर्खेत) लाई चयन गरेको छ भने सदस्यहरुमा हुम्लाका अभिनास लामा र भत्तराज ऐडीलाई चयन गरेको छ । बाँकी पदाधिकारी र सदस्यहरुमा बैठकबाट चयन गरिने बताइएको छ । यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधीहरुमा ललित गाहा मगर र रत्न सुनुवारलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष शाक्यले कर्णालीमा छरिएर रहेका आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै लैजाने बताउनुभयो ।

यस्तै आज नै फोनिज सुर्खेतको जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले मनिषा गुरुङ्गलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा दिर्घराज छन्तेल, र कोषाध्यक्षमा कल्पना डेङ्गा मगरलाई चयन गरेको छ भने सदस्यहरुमा दिपक गुरुङ्ग, बसन्त चौधरी र कुशल श्रेष्ठलाई चयन गरेको छ । कार्यक्रम फोनिज कर्णाली प्रदेश ईन्चार्ज बुद्धिमान पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।