धार्मिक महाेत्सव-२०७३” काे लागि आचार्य संग छलफल


लाेक जंग राेकाया

सुर्खेत ७, असाेज । सुर्खेतमा सुविधा सम्पन्न बहुउद्देशीय कभर्डहल निर्माणार्थ अायाेजना हुने “मध्यपश्चिम धार्मिक महाेत्सव-२०७३” का लागि पुर्व तयारी लागि बाँके काेहलपुर सम्पर्क कार्यालयका महाराज गाेविन्द शरणका यज्ञ अाचार्य १०८ राष्ट्र शान्ति धार्मिक महाेत्सव श्री हरेन्द्रप्रसाद जाेशी ज्यू संग छलफल गरिएको छ ।

महाेत्सवका संचालनकालागि आचार्यले सचिवालयका पदाधिकारीहरू र सदस्यहरू विच विविध छलफल गरिएको बताइएको छ ।साथै आचार्यले महाेत्सव हुने स्थानकाे पनि निरिक्षण गर्नु भयाे  । छलफल कार्यक्रममा यज्ञ अाचार्यका अनुसार यस्तो महाेत्सवहरू २०६९ सालबाट सुदुरपश्चिमकाे कञ्चनपुर (बेलाैरी) बाट शुरू भई हाल सम्म ५० वटा महाेत्सव सम्पन्न भई सकेकाे र ५१अाै महाेत्सव पाल्पामा, ५२अाै महाेत्सव वाग्लुङमा र ५३अाै महाेत्सव सुर्खेतकाे वीरेन्द्रनगरमा मिति २०७३ साल कार्तिक २५ देखि मंंसिर २ गते सम्म सञ्चालन हुने जानकारी दिनुभयो ।