जाजरकाेट खलंगा—रिम्ना सडक कालोपत्रे


IMG_1224जाजरकोट ९, असोज । जाजरकोट–डोल्पा सडक खण्ड स्थित खलंगा रिम्ना सडकको स्तर बृद्धिसंगै पिचको काम सुरु गरिएको छ । तीन बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी आइतबारदेखि काम सुरु भएको हो । सडक डिभिजन कार्यालय चौरजहारीको १२ करोड लागत रहेकोमा निर्माण व्यवसायीले ७ करोड ५० लाख लागतमा सडक निर्माणको जिम्मा लगेका छन ।सडकको ८ मिटर चौडाइ तथा साढे ५ मिटरमा पिच हुने छ । सडक निर्माणको जिम्मा राजेन्द्र जलजला जेभी काठमाडौंले लिएको छ ।

तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । खलंगाको शान्तिचौतारा देखि कालेगाउसम्मको ६ किलोमिटर पिच हुने भएको हो । सडक खण्ड भित्र रहेको १६ किलोमिटरमा ६ किलोमिटर पिचको काम हुने छ । सडक चौडा पार्ने, माटो कटीङ, माटो फिलिङ टेवा प्रखाल लगाएतको काम गरेर तोकेको समय अगावै सडक पिच हुने साइट इन्चार्ज प्रजीत लामाले बताउनु भयो ।

यो सडकमा जीप र टयाक्टर हिउद्को समयमा गुड्ने गर्दछन् । सडकको स्तर बृद्धि गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् । यो सडकमा ट्याक औपन गर्दा १६ किलोमिटरमा २६ करोड भन्दा वढीरकम खर्च भईसकेको छ । सडकको स्तर बृद्धि नभएका कारण बर्षामा हिलाम्मे र हिउदम धुलाम्मे हुने गरेका कारण स्थानियहरु समस्यामा भोग्दै आएका थिए ।

साभारः राराखबर अनलाइन