ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते


जाजरकोट, माघ १८ सोमबार – जाजरकोटमा ट्याक्टर दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । जारजकोटको पासागाढबाट खलंगा आइरहेको भे १ त ४८१६ नम्बरको ट्याक्टर बोहरा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि भेरीमालिका–४ बोहराका १७ वर्षका प्रेमबहादुर चन्दको ज्यान गएको प्रहरीले जनाएको छ । चालक गंगाबहादुर लोहार र भेरीमालिका–४ बस्ने खिमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । 
घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । ढुङ्गा लिएर आएको ट्याक्टरको ब्रेक फेल भएर सडकबाट झण्डै पाँचसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
साभारः उज्यालो अनलाइन