१४ वर्षीया किशोरी पाँच वर्षदेखि दाम्लोमा


२३ चैत्र, जाजरकोट भेरीमालिका– ५ पुम्माकी १४ वर्षीया भगवती सिंह पाँच वर्षदेखि दाम्लोले बाँधिएकी छन् ।
आमा र छोरी मात्रै रहेको परिवारमा मानसिक रोगी भगवतीको हेरचाह गर्ने कोही नहुँदा दाम्लोले बाँधेर आफू 

मेलापात जानु परेको उनकी आमा मनसरा बताउँछिन् ।
५ बर्ष पहिलेसम्म राम्रै स्वास्थ्य अवस्थाकी भगवती एक्कसी रुने, कराउने र जतभावी हिंडिदिने गर्न थालिन ।

५ कक्षामा पढदै गरेकी छोरीको अस्वाभाविक ब्यहोराले दिक्क परेकी मनसराले उनलाई उपचारका लागि 

नेपालगञ्जसम्म पुर्‍याइन् ।
तर, नेपालगञ्जस्थित भेरी अस्पतालले काठमाडौंको मानसिक अस्पतालमा लगेर उपचार गराउन भनेपनि 

पैसाको अभावमा काठमाडौं पु¥याउन नसकिएको मनसरा बताउँछिन् ।
भगवतीका बाबु पदम सिंह दोस्रो विवाह गरेर विदेश गएका छन् । घरमा आमा छोरी मात्रै छन् । साँझ–

बिहानको जोहो गर्न धौ धौ हुने मनसराले छोरीलाई बाँधेर राख्नुभन्दा अर्को विकल्प देखेकी छैनन् ।
“छोरीको उपचारका लागि काठमाडौं जाने पैसा छैन, कसैले लगेर उपचार गराइदिए…” मनसराले भनिन्, 

“बाबुले हेरेनन्, म पनि सक्षम छैन, अभागी रैछ विचरी ।”
साभारः हिमाल खबर