इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
‘बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कुँवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो’, प्रहरी नायब निरीक्षक धामीले भने, ‘यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो ।’
चालकको लापरबाहीका कारण बस दुर्घटना भएको बताउँदै उनले चालक कुँवरको खोजी भइरहेको जानकारी दिए ।
साभारः अनलाइन अबर



Prawash Kumar Shakya । ३ कार्तिक २०७३, बुधबार ०८:२१ बजे