मुख्यमन्त्रीको नाममा नक्कली फेसबुक आइडी भेटियो


 

१२ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नामबाट नक्कली फेसबुक आइडी बनाइ दुरुपयोग भएको पाइएको छ ।

मुख्यमन्त्री शाहीको नक्कली आइडी भेटिएपछि त्यसतर्फ मुख्यमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको आज एक प्रेस विज्ञप्ती जारी गर्दै जनाइएको छ ।

विज्ञप्तीमा सामाजिक संजालको दुरुपयोग गर्दै मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थपुर्ती गर्ने उद्देश्यका साथ नक्कली आईडीवाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्क गरि आवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाईएको जनाइएको छ ।

अवाञ्छित तत्वहरुवाट व्यक्तिगत स्वार्थ पुरा गर्ने मनशायका साथ गरिएको यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक, समर्थक तथा आमजनसमुदायलाई विनम्र अनुरोध गर्दछु । साथै यस्तो क्रियाकलापमा संलग्न व्यक्ति तथा समुहको पहिचान गरि कानुनी कारवाही गर्न सम्वन्धित निकायसंग आवश्यक समन्वय पनि भैसकेको छ ।

मुख्यमन्त्री व्यक्तिगत फेसवुक अकाउण्टको लिंक facebook.com/mahendra.shahi.165 रहेको र मुख्यमन्त्रीका नाममा वनाईएका अन्य कुनै अकाउण्टवाट अवाञ्छित क्रियाकलाप भएमा सचिवालयको मोवाईल नं. ९८५८०९२२२२ मा सम्पर्क गर्न मुख्यमन्त्रीका स्वकिय सचिव खेमबहादुर सि‌ंहद्वारा हस्तक्षरित विज्ञप्तीमा जनाइएको छ ।