कोभिडलाई लक्षित गर्दे जिल्ला प्रशासनद्वारा अनुगमन (भिडियोसहित)



६ माघ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिडलाई लक्षित गर्द आजदेखि जिल्लाभित्र अनुगमनलाई तिब्रता दिएको छ ।
पछिल्लो समय कोरोना महामारी दिनानुदिन बढ्दो क्रममा उकालो लागी रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले अनुगम शुरु गरेको छ ।

आज देखि शुरु गरेको अनुगमनमा मुख्य गरि जिल्लामा कोरोना बृद्धि भए संग औषधिहरुको अभाव हुन नदिन र हाल जिल्लाबाट थोक व्यवसाय गर्ने व्यवसायिहरु संग कति मात्रामा औषधिहरु जगेडा छ सो को जानकारी लिन अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नन्दराज चौलागाईको नेतृत्वमा, उपभोक्ता हकहित संरक्षण मञ्चका हरि शर्मा, उधोग बाणिज्य संघका जनक थापा, जनस्वास्थ्य कार्यालयका उदय बिसि, उपभोक्ता मञ्चका आकाशतारा वयक, प्रहरी र पत्रकाहरु बिच वीरेन्द्रनगरका औषधी थोक पसलहरुमा अनुगमन गरिएको हो ।

प्रशासकिय अधिकृत नन्दराज चौलागाइका अनुसार दिनानुदिन बढ्दो क्रममा रहेको कोरोनाका लागी जिल्लामा प्रयाप्त मात्रामा पुग्ने गरि औषधिहरु पर्याप्त मात्रामा छ या छैन, औषधीहरु बिक्रि बितरण गर्दा तोकिएको मूल्यमा गरेको छ या छैन । कहि कतै सर्वसाधारणहरु औषधि मूल्यमा ठगिनु भएको छ कि भन्ने बिषयलाई लिएर अुनगमन गरिएको बताउनु भयो ।

https://www.youtube.com/watch?v=liPhFDToIzM