कालिकोटको तिलागुफा महत्वपूर्ण पर्यटकिय स्थल


फोटोः गुगलबाट

१३ चैत्र, कालिकोट । पर्यटक आकर्षित गर्दै तिलागुफा,कालिकोट तिलागुफा नगरपालिका वडा न- ५ मा पर्ने तिलागुफा पर्यटक आकर्षण गर्ने महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा स्थापित भएको छ ।

गुफाकै नाममा नगरपालिका नामाकरण हुनु र नगरपालिका मार्फत पूर्वाधार निर्माण समेत हुनुले तिलागुफा पर्यटक आकर्षण गर्न सफल भएको हो । तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटकहरु घुमफिर गर्न थालेको स्थानीय समाजसेवी धर्मेन्द्र न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले गत वर्षको बजेट मार्फत १७ लाख सहयोगमा सुर्खेत-जुम्ला सडकदेखि गुफासम्म रेलिङ्ग सहितको व्यवस्थित बाटो निर्माण गरेको र अब मन्दिरसहित अन्य महत्त्वपूर्ण पूर्वाधार निर्माण गर्ने नगरप्रमुख रतन बहादुर शाहीले जानकारी दिनुभयो ।

तिलाका असला माछाको साथै स्याउ, सिमी लगाएतका अर्गानिक उत्पादनहरु प्रर्याप्त पाउन सकिने सुन्दर तिलागुफा नगरपालिका भित्र अवस्थित तिलागुफालाइ व्यस्थित पर्यटकीय क्षेत्र बनाउन पर्नेमा त्यहाँ पुग्नेहरुको सुझाब छ ।

आइतवार मात्रै कर्णाली क्षेत्र पर्यटन प्रबर्द्धन विकास समितिका संस्थापक सदस्य एवं नेकपा कालिकोटका नेता चित्रसिंह गाउँले, पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती काञ्छा) र सिके नेपाल मिडिया प्रालिका प्रबन्धक खगेन्द्र न्यौपाने सहितको एक टोलीले तिलागुफाको भ्रमण गरेको नगर उपप्रमुख दर्शना नेपालीले बताउनुभयो ।