धुर्मुस सुन्तलीको काम देखेर आँसु खस्न मात्र बाँकी थियो: गिरानचौरमा मह जोडी (भिडियोसहित)


Madan-krishna-and-hari-bansa१३ कात्तिक, काठमाडौं । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गिरानचौरमा नमुना वस्ती बनाउने धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् ।

शुक्रबार भएको वस्ती हस्तान्तरण कार्यक्रममा सहभागी हुन मह जोडीसँगै अन्य कलाकार पनि गिरानचौर पुगेका थिए ।

त्यहाँ बनेको नमुना वस्ती हेरेपछि कलाकार आचार्यले धुर्मुस सुन्तलीले मान्छेले गर्‍यो भने जे पनि काम गर्न सकिने रहेछ भन्ने उदाहारण प्रस्तुत गरेको बताए ।

यसको सिंगो देश र विश्वभर बस्ने नेपालीहरुले सम्मान गर्ने भन्दै उनले अघि भने, कलाकारका लागि पनि इज्जतको कुरा हो कि हाम्रै क्षेत्रका भाइ र बहिनीले मान्छेले गर्‍यो भने जे पनि काम गर्न सकिने रहेछ भन्ने उदाहारण प्रस्तुत गर्नु भएको छ ।’

उनले अघि भने, जतिजति म यहाँ उकालो उक्लिैँदै आए, जति जति छातिमा दम भरिँदै थियो । त्यति नै आँखाबाट आँसु खस्ला खस्ला जस्तो भएको थियो । र, उहाँहरुले गर्नु भएको काम देखेर छाति मकमकिएको थियो, आँखाबाट आँसु खस्न मात्र बाँकी थियो ।’

उनले सिताराम र कुन्जनालाई जन्मदिने मातापितालाई आदर गरे । उनले अघि भने, किनभने तपाईहरुले हाम्रो देशका लागि यति राम्रो छोराछोरी जन्माइदिनुभो । तपाईहरुले नजन्माइदिनु भएको भए शायद यो ठाउँमा यस्तो राम्रो वस्ती बस्ने सम्भावना थिएन होला ।’

कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले कलाकारहरुको नाक ठूलो बनाइदिएको बताए । उनीहरुलाई जति सम्मान गरेपनि सानो हुनेभन्दै उनले भने, सबै नेपालीहरुले स्यावासी दिएका छन् । यो सबैभन्दा ठूलो सम्मान र तक्मा हुनेछ ।’

श्रेष्ठले अघि भने, कलाकारहरुको तर्फबाट त धेरैधेरै स्यावासी, धेरै धेरै धन्यवाद । बोकेर घुमाउनुपर्छ ।’

साभारः अनलाइन खबर