बर्दिया, जेठ १३ – बर्दियामा ललिपप खाएर तीन जना बालबालिका बिरामी भएका छन् । रेडियम जडित आर्कषक देखिने ललिपप खाँदा एकै विद्यालयका तीन जना बालबालिका बिरामी भएका हुन् । बर्दिया सानोश्रीताराताल नगरपालिका स्थित अरनिको बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत १० वर्षकी एलिसा थापा, ९ वर्षका सरोज वली र नविन रोकाय बिरामी भएका विद्यालयका शिक्षक सोनु झाले बताउनुभयो । सानोश्रीको स्थानीय क्लिनिकमा उपचार
नभएपछि उनीहरुलाई यम्बुलेन्सबाट सदरमुकाम गुलरियाको जिल्ला अस्पताल लगिएको छ । ग्लु पप नामको ललिपपको प्लाष्टिकको नटभित्र रहेको चम्किलो तरल पदार्थ ललीपपको डण्डीमा रहेको रासायनिक पदार्थ मुखमा परेपछि बिरामी भएका हुन् ।
विद्यालय छुट्टी भए लगत्तै विद्यार्थीहरुले ललीपप खाएर प्लाष्टिक भित्रको तरल पदार्थ खाएपछि अचानक बिरामी परेको विद्यालयका प्रधानाध्यापक सोनु झाले बताउनुभयो । एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राइभेट लिमिटेड सुनसरीले उत्पादन गरेको ललीपख खाएर बालबालिका बिरामी परेको बताइएको छ ।
साभारः उज्यालो अनलाइन



Prawash Kumar Shakya । १३ जेष्ठ २०७३, बिहीबार १५:२६ बजे