भोली शनिवार “Run For A Cause” कार्यक्रम हुँदै


१३ मंसीर, सुर्खेत । तनाव छ जिन्दगी फाउण्डेशनले “Run For A Cause” नामक कार्यक्रमको भोली शनिवार काँक्रेविहारमा आयोजना गरेको छ ।

कार्यक्रमबाट संकलन हुने रकमले घरबार विहिन बालबालिकाको हितमा खर्चहुने कार्यक्रमका सहआयोजक सामाजिक सञ्जाल फेसबुकको ग्रुप मोटे ग्याङ्ग नेपालका एडमिन कुमार शम्सेर थापाले जानकारी दिनुभयो ।

भोली शनिवार आयोजना गरिने कार्यक्रम लक्ष्य जीतकालागि नभै केही योगदान गर्नकालागि आयोजना गरिएको एडमिन थापाले बताउनुभयो ।

विहान ७ः३० बजे देखि लाटीकोइलीको काँक्रेविहार गेटबाट शुरु हुने कार्यक्रम काँक्रेविहारको मुख्य स्थानमा गएर समापन हुनेछ साथै कार्यक्रममा हौसला प्रदान गर्नकालागि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पनि समावेश हुने ग्रुपका एडमिन थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिताकालागि रु ५०० तथा विद्यार्थीहरुकालागि रु ३०० शुल्क तोकिएको र ईच्छुक हुन चाहाने सबैले कार्यक्रममा उपस्थित हुन हामी सबैलाई आमन्त्रण गर्दछौ । एडमिन थापाले भन्नुभयो ।