२ बस एक आपसमा ठोकिदा ३ जना गम्भिर घाईते ।


सुर्खेत, १८ कात्तिक ।
बिहीबार दिउसो सुर्खेतमा दुईवटा बस एकआपसमा ठोक्किदा तीनजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत तर्फ आउँदै गरेको ना ४ ख ६५४१ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २९८ नम्बरको बस सुर्खेतको वीउरेनी मोडमा एक आपसमा ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा तीनजना यात्रु गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हर्कबहादुर रावलले बताए । अन्य कति घाइते भएका छन् भन्ने विवरण आउन बाँकी छ । घाइतेको स्थानीइ माया नर्सिङहोममा उपचार भइरहेको छ । तिव्र गतिका कारण बस एकआपसमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ । दुईवटा बसमा कतिजना यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ ।