
६ चैत । पछिल्लो समय हाेली पर्व मनाउने क्रममा विभिन्न बिकृती बिसङ्गतीहरु आउने गरेकाे सुन र देख्न्न पाइन्छ। तर सुर्खेतका युवा अभियान्ताहरुले सुन्दर अनुहारमा घातक रंगहरू पाेतेर नराम्रो बनाउनु भन्दा रंगकाे अभावमा चर्किएका विद्यालयका भित्ताहरू रंगाएर नयां पुस्ताकाे स्वाभिमान झल्काउने उद्देश्यका साथ शहिद स्मारक प्राथमीक विद्यालय पञ्चपुरी- ४ बावियाचाैर (डाब) मा हाेलि सुधार अभियान कार्यक्रम अन्तरगत बुधबार रङ्गराेगन गरेका छन् ।

विभिन्न सहयाेगीदाताहरुकाे सहयाेगमा ६० हजारकाे लागतमा विद्यालयका भित्ताहरुमा राष्ट्रिय गान,नेपालकाे झन्डा ,राष्ट्रिय फुल लालिगुरांस लगायतका जनचेतनामूलक तस्बिरहरू काेरिएका छन् ।सबैले डिजे बजाउँदै आफ्ना र अरुका मुहार रङ्ग्याइरहेका बेला अभियान्ताहरुले विद्यालयकाे मुहार नै रङ्ग्याकाे प्रति आफु खुसी भएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पैलु बिकले बताउनु भयो ।

हाेलीमा लाग्ने खर्च बचाएर अभियानताहरुले बिद्यालयमा रहेका भवन,मन्दिर,साैचालयहरुमा रङ्गराेगन गरेका छन् ।आगामी वर्षमा रङ्गकाे अभावले कुरुप देखिएका भित्ताहरु रङ्ग्याउने अभियानका संयाेजक कमल प्रसाद लामीछाने शर्माले बताउनु भयो। पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र बहादुर थापाले राज्यले पनि हेर्न नसकेकाे पश्चिम क्षेत्रका विद्यालयमा युवा अभियान्ताहरुले याे कार्यक्रमले ल्याउंदा प्रदेशकै युवाहरुलाइ सिकाइकाे रुपमा लिने विश्वास व्यक्त गर्नुभयो।



Milan Shrestha । ६ चैत्र २०७५, बुधबार २१:५० बजे