मान्ने ? मदिरा सेवन गरेर चलाएको प्रहरीको गाडीले नेपालगन्जस्थित नागरिककर्मी अर्जुन ओलीलाई ठक्कर दिएको छ। – नियमित काम सकेर घरतर्फ जाँदै गरेको अवस्थामा नागरिककर्मी ओलीलाई तिव्र गतिमा विपरित दिसाबाट आइरहेको बा १० च ७३५३ नम्वरको गाडीले मंगलबार राति ठक्कर दिएको हो। ‘प्रहरीको गाडीले मेरो मोटरसाइकललाई ठक्कर दियो र म उच्छिटिएर पर पुगे,’ ओलीले भने ‘मोटरसाकलमा क्षति पुगेपनि धन्न मलाई चोट लागेन, मानसिक रुपमा भने धेरै ठूलो पीडा भयो।’ मदिरा सेवन गरेर गाडी चलाएका प्रहरी हवल्दार हिमालय खनाललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी वसन्त पन्तले बताएका छन्।
‘एकातिर गाडीको गति असामान्य रहेको र चालकले मदिरा सेवन नै गरेको देखियो,’ पन्तले भने ‘ठूलो दुर्घटना भएपनि धन्न मानवीय क्षति भएन।’ चालकलाई ‘रेड लिष्ट’ मा राखेर आन्तरिक कारबाही गर्ने उनले प्रतिवद्धता जनाएका छन्। मदिरा सेवन गरेर गाडी चलाउने प्रहरीलाई कानून अनुसार कारबाही गर्नुपर्ने जिल्लास्थित पत्रकारका विभिन्न संघ, संगठनले माग गरेका छन्।




Milan Shrestha । १३ माघ २०७२, बुधबार १३:१३ बजे