कामै नगरी रकम २ लाख रकम भुक्तानी


20427982_1425915987500071_882475968_n-576x336

साउन १२ सुर्खेत-सडक डिभिजन कार्यालय सुर्खेतले सडक निर्माणको कामै नगरी रकम भुक्तानी गरेको पाइएको छ।वीरेन्द्रनगर ७ मा रहेको रेडियो भेरी भवनको पश्चिम तर्फको ठाडो र तेर्सो बाटोको नाली बनाउने कामै नगरी ठेकेदारलाई कार्यालयले भुक्तानी दिएको हो।

कार्यालयले ठेकेदारलाई काम नै नगरी १ लाख ७३ हजार रुपैया भुक्तानी दिएको छ। कूल ३ लाख ५५ हजार ६२४ रुपैया“मा टेन्डर आव्हान भएको यस नाली बनाउन उत्तरगंगा इन्भेष्टमेन्ट ग्रुपले झण्डै ५० प्रतिशत घटेर १ लाख ७७ हजारमा काम गर्ने सम्झौता गरेको थियो। असार मसान्त भित्रै काम सक्ने गरी सम्झौता गरेको ठेकेदार कम्पनीले नालीमा एउटा ढुंगासमेत राखेको छैन।

काम नै नगरी कार्यालयले ठेकेदार कम्पनीले सम्झौताको पूरै रकम भुक्तानी दिएको छ। सडक डिभिजन कार्यालयले कामै नगरी, नक्कली बिल भरपाई बनाएर रकम भुक्तानी गरेको छ। करिब २ सय मिटर सडकको नाली खन्नु पर्नेमा एक मिटर पनि नखनेर भुक्तानी पाएको छ। यता सडक डिभिजन कार्यालय सुर्खेतले भने एकातिर गर्नुपर्ने कामलाई अर्कोतिर गरेको देखाएको छ। कार्यालयले इत्राम स्कुलदेखि पश्चिमतर्फको बाटो बनेको जनाएको छ।

कार्यालय प्रमुख बेलबहादुर भुजेलले पश्चिमतर्फको बाटो भनेपछि आफूहरुले स्कुल नजिको बाटो मर्मत गरेको बताउनु भयो।
पश्चिमतर्फको भनेकाले सबैको सल्लाह अनुसार नै काम गरिएको प्रमुख भुजेलको भनाइ रहेको छ। समयमै काम गर्न नसक्दा गत आर्थिक बर्षमा सडक डिभिजन कार्यालयको ३० करोड ९५ लाख ७५ हजार बजेट फ्रिज भएको छ। कार्यालयको १ अर्व ९० करोड ७७ लाख बजेटमा १ अर्व ५९ करोड ८१ लाख भने खर्च भएको छ।

सुर्खेतमा अधिकांश सडक ठेकेदार कम्पनी र कार्यालयको मिलोमत्तमा यसैगरी काम नभएरै रकम लिने गरेको पाएको छ।ठेक्का पाउनको लागि नियमभन्दा पनि तल झरेर ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्ति पनि मौलाउदै गएको छ।

साभारः रेडियोभेरीअनलाइन