हुम्ला, २६ कात्र्तिक ।
नरजंग तामागं
मकालु एयरको जहाज हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । सुर्खेतबाट सामान लिएर गएको नाइन एन एजेजी कल साइनको जहाज सिमकोट विमानस्थलमा अवतरणको क्रममा शुक्रबार बिहान पौने ८ बजे दुर्घटनामा परेको हो । दाहिने टायर पन्चर हुँदा भएको दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको र मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ । कार्गो जहाजमा चालक र सहचालक मात्रै थिए । दुवैजना सकुशल रहेका छन् ।



Milan Shrestha । २६ कार्तिक २०७३, शुक्रबार ०६:२६ बजे