तिलागुफामा नगर स्वास्थ्य शिविर सञ्चालन


बिस्नप्रसाद न्यौपाने
चैत १३, कालीकोट ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा नगर स्वास्थ्य शिविर सुरु भएको छ । तिलागुफा नगरपालिकाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालीकोट र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहयोगमा ३ दिने निशुल्क स्वास्थ्य शिविर मंगललबारदेखी सुरु भएको हो ।

तिलागुफा नगरपालिका प्रमूख रतनबहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमूख अनीपाल शाहीको प्रमूख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा स्वस्थ व्यक्ति स्वास्थ नगर भन्ने उद्देश्यले ३ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख अनीपाल शाहीले तिलागुफा नगरपालिकाले ३ दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्थानिय नागरिकहरुलाई आफ्नै गाँउमा बिशेषज्ञ उपचार सेवा प्राप्त गर्ने अवसर प्राप्त गरेकोमा धन्यबाद दिनुभयो ।

कार्यक्रममा तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले आफुहरुले स्वस्थ व्यक्ति स्वस्थ नगर भन्ने नारा नै बनाएर स्थानिय नागरिकहरुलाई बिभिन्न खालका रोगहरुको गाँउमै समाधान गर्न नगर स्वास्थ्य शिविरको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमूख लक्ष्मी बिष्ट नेपाली, तिलागुफा नगरपालिका उपप्रमूख दर्शना नेपाली लगायतका वक्ताहरुले नगरले आयोजना गरेको स्वास्थ्य शिविरमा आम नागरिकहरुले सेवा लिएर मौकाको फाईदा उठाउन आग्रह गरे ।

कार्यक्रममा तिलागुफा नगरपालिकाकै स्थानिय पहिलो डाक्टर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत डा. गोकर्ण न्यौपानेले आफुहरुले सामान्य बिरामी देखी हाडजोर्नी, नसा, स्त्री रोग, बालरोग लगायतका सबै खाले समस्याहरुको उपचार सेवा दिने व्यवस्था मिलाईएको बताउनु भयो ।

तिलागुफा नगरपालिकाका कार्यकारी अधिकृत गोबिन्दप्रसाद पाण्डेले तीन दिनका लागि आयोजना गरिएको नगर स्वास्थ्य शिविर बिरामीहरुको चाप बढेपछि समय थप गरेर पनि नागरिकहरुललाई सेवा दिने व्यवस्था मिलाईएको समेत जानकारी दिनुभयो ।