काठमाडौं–डा. गोविन्द केसीले सोमबारबाट सुरु गर्ने भनिएको अनसन माघ २५ गतेसम्म स्थगित गरेका छन्। केसीले सोमबार एक विज्ञप्ति जारी गरी नागरिक समाजका अगुवाइको आग्रहमा आफूले दुई साताको लागि अनशन स्थगित गरेको जनाएका छन्। –
उनले आफ्नो पक्षमा नागरिक समाजका अगुवाले हस्ताक्षर अभियान चलाएपछि अनशन स्थगित गरेको बताएका छन्। डा. केसीले विज्ञप्तिमा नागरिक अगुवाहरुले राज्यलार्य झकझक्याउँदै आफूलाई सोमबारको अनशन स्थगित गर्न गरेको आग्रहलाई शिरोपर गर्दै उक्त कार्यक्रम स्थगित गरेको उल्लेख गरेका छन्। उनले संसदमा दर्ता भएको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता गर्न सरकारलाई एक साताको अल्टिमेटमसमेत दिएका छन्।
‘ माघ १७ गते सम्म उक्त विधेयक फिर्ता लिनेलगायतका सबै माग पूरा गरिएन भने राज्यले इमान्दारीपूर्वक यो क्षेत्रमा सुधारका कामहरु अघि बढाउन नचाहेको तथा छलकपटपूर्वक केही व्यक्ति वा समुहको निहित स्वार्थका लागि समग्र नेपालीहरुको स्वास्थ्यमाथि खेलबाड गर्दै कदमहरु चाल्न उद्यत भएको पुष्टि हुनेछ । त्यो अवस्थामा माघ १८ गते साँझ ५ बजेदेखि आमरण अनशन शुरु गर्ने जानकारी पनि गराउन चाहन्छु,ु विज्ञप्तिमा उल्लेख छ।
साभारः नागरिक न्यूज



Milan Shrestha । ११ माघ २०७२, सोमबार १४:५१ बजे