किन कोही दम्पत्तिहरु धेरै सहवास गर्छन् ?


couple-sexसम्बन्धलाई मजबुत बनाउनका लागि प्रेम, विश्वास तथा समझदारी मुख्य आधारको रुपमा रहेको हुन्छ । तर कसैले पनि यो बताउँदैन की सम्बन्धलाई दिगो बनाउनका लागि गुणस्तरीय यौन जिवनको पनि धेरै हदसम्म जरुरी हुन्छ ।

सहवास जिवनको एक महत्वपूर्ण हिस्सा हो । तर केही जोडीहरु यसमा संकोच मान्छन् भने केहीले मज्जाले आनन्द लुट्छन् । हालैको एक अध्ययनबाट यो कुराको खुलासा भएको छ की जो नवविवाहित महिला सेक्सको भरपूर आनन्द लिन्छिन् उनी आफ्नो जिवनप्रति निकै उत्साही बनेकी हुन्छिन् । त्यस्तै पुरुषमा भने आफ्नो सहवासको प्रवृत्तिले व्यक्तित्वमा खासै असर पारेको हुँदैन ।

ऋमेरिकाको फ्लोरिडा स्टेट विश्वविद्यालयका मनोवैज्ञानिकहरुले २७८ नवविवाहित जोडीमा गरेको अध्ययन अनुसार सेक्सबाट मानिसको स्वभाव पत्ता लगाउन सकिन्छ । यसका साथै उनीहरुले सेक्सको माध्यमबाट मानिसहरुको स्वभाव पत्ता लगाउने कोसिस पनि गरे र विभिन्न ५ वटा व्यक्तित्व लक्षणका आधारमा व्यक्तित्व परीक्षा पनि लिए ।

शोधकर्ताहरुले २० देखि ३० वर्ष उमेरका नव विवाहितहरुसँग तिन अलग अलग प्रकारका प्रश्न गरे र दुई हप्तासम्म आफ्नो डायरीमा आफ्नो दिनचर्या लेख्न आग्रह गरे । त्यसक्रममा जोडीहरुले २ हप्ताको उक्त अवधिमा औषतमा ३ देखि ४ पटकसम्म सहवास गरेको पाइयो ।

विभिन्न अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्सको अधिक इच्छा राख्छन् र यसको पहल पनि धेरै गर्छन् । तर यौनमा सन्तुष्टि भन्ने कुरा फरक हो र यसलाई ठीकसँग व्याख्या गर्न पनि गाह्रो हुन्छ । आखिर धेरै सुखद दाम्पत्य जिवनमा रहेका जोडीहरुले कति पटक सेक्स गर्छन् वा सुखद दाम्पत्य जिवनका लागि कतिपटक सेक्स आवश्यक पर्दछ भन्ने कुरा ठ्याक्कै भन्न गाह्रो हुन्छ । तर सेक्सले सम्बन्धलाई दहि्रलो बनाउँछ भन्ने कुरामा चाहीँ दुइमत छैन ।

साभारः अनलाइनखबर