लोकमानको योग्यता मुद्दामा आज सुनुवाइ


Lokman-१६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी पुनरावलोकन मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ ।

कार्कीको मुद्दा साप्ताहिक सूचीको पाँचौँ नम्बरमा छ । अख्तियार प्रमुख आयुक्त बन्न कार्कीको योग्यता नपुगेको जिकिर गरिएको पुनरावलोकन मुद्दामा अन्मि फैसलाका लागि सुनुवाई सुरु गर्ने पेसी एक साताअघि तय भएको थियो ।

कार्कीले आफै अदालत उपस्थित भई म्याद बुझेसँगै उनको मुद्दा सुनुवाइका लागि साप्ताहिक पेसीका लागि तयार भएको थियो ।
प्रधानन्यायाधीश सुशीला कार्कीले तीन वा त्योभन्दा धेरै न्यायाधीशको बेन्चमा सुनुवाइका लागि पेसी तोक्ने छिन्।

यसअघि पुनरावेदनमा आदेश गरेका र कार्कीको पक्ष र पिक्षमा बहस गरेका न्यायाधीशले सुनुवाइ गर्न पाउने छैनन् ।
कार्कीविरुद्ध संसदमा महाअभियोग पूस्ताव दर्ताभएपछि उनी अहिलो निलम्बनमा छन् ।

साभारः अनलाइन खबर