मिलन श्रेष्ठ
बैशाख, २३ सुर्खेत । सुन्दर नेपाल संस्था सुर्खेतले आफ्नो विपद् व्यवस्थापन कोषबाट सुर्खेत जिल्लाका नौ वटा स्थानीय तह र कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा नोभल कोरोना भाइरस (कोभिड १९)संक्रमण रोकथाम र अन्य आकस्मीकरुपमा हुने विपदका लागि रु.४,६६,००० (अक्षरुपी चार लाख छैसठ्ठी हजार मात्र )रकम प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस माहामारी रोकथाममा सहयोग पुगोस भन्नका लागि सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्दै हाल लकडाउनका कारण समस्यामा परेको मजदुर,गरीव,विपन्नवर्गको सेवाका लागि र कर्णाली प्रदेश तथा स्थानीय तहले स्थापना गरेका क्वारेनटाइनमा बस्ने नागरिकलाई सहयोग पुगोस भन्ने उद्देश्यका साथ गाउँपालिका,नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.३५०००।का दरले र कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा रु. १५१०००। रकम बरावरको जम्मा गरेको हो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मंत्री माननीय नरेश भण्डारीलाई संस्थाका अध्यक्ष हेम प्रकाशले हस्तान्तरण गरेका हुन । मंत्री माननीयले उक्त रकमको सही प्रयोग गरी नागरिकको उद्धारमा सहयोग गर्ने विचार व्यक्त गर्नुभएको थियो ।
सरकार संकटमा परेको समयमा नागरिक समाज संस्थाहरुले पनि आफ्नो नागरिक दायित्व पुरा गर्नुपर्ने भएकोले कोरोना भाइरस विरुद्धको अभियानलाई सफल गराउन ऐक्यवद्धता जनाएको हो । यसैगरी युनिसेफको सहयोगमा सुन्दर नेपाल संस्थाले कर्णाली प्रदेश सरकारलाई १००० थान ग्लोब्स,१५०० थान पिस माक्स,१२ बोटल सेनीटाइज, २०० मीटर पिफर्म र बांके जिल्लामा ६०० मीटर पिफर्म गरी जम्मा रु १६०९९९। अक्षरुपी रु एक लाख साठीहजार नौसय उनान्सय रुपैया बराबरको स्वास्थ्य सामाग्री पनि सहयोग गरेको छ ।
सुन्दर नेपाल संस्थाले विगत वर्ष देखिनै विपद व्यवस्थापनको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । सुर्खेतमा आएको बाढि पहिरो तथा विपद पूर्वतयारीका लागि जिल्ला विपद् प्रतिकार्य योजना ,आपतकालिन सामाग्रीहरु पनि जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय सरकारलाई हस्तान्तरण गर्दै आएको छ ।



Milan Shrestha । २३ बैशाख २०७७, मंगलवार १५:५९ बजे