हिजोदेखि ट्राफिक जनचेतना अभियान शुरु


टेकेन्द्र विश्वकर्मा ९ माघ सुर्खेत, 
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले हिजोदेखि ट्राफिक जनचेतना अभियान शुरु गरेको छ । दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै  जान थालेकाले सवारी दुर्घटनालाइ कम गर्नभन्दै सवारी चालक ऐन २०४९ सम्बन्धि जानकारी र जनचेतना अभियान सुरु गरेको हिजो वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 
विभिन्न कारणले सवारी दुर्घटना बढ्दै गएका कारण यसलाइ न्युनिकरण गर्नकालागि स्थानिय निकाय, संघसंस्था लगायतले सवारी दुर्घटनालाइ न्युनिकरण गर्नकालागि सहयोग गर्नुपरेको ट्राफिक प्रमुख हर्कबहादुर रावलले बताउनुभयो । छोटा तथा लामो दुरीमा चल्ने सवारी साधन, पैदल यात्री, बस पार्क लगायत सडकहरुमा हिड्ने चालक तथा यात्रीहरुलाइ सवारी ऐन २०४९ सम्बन्धि जानकारी दिनेगरि टोली गठन गरिएको प्रमुख रावलले जानकारी दिनुभयो । टोलीमा खटाइएका ट्राफिक प्रहरीहरुले कार्वाहीको प्रकृयामा नभइ जनचेतनासम्बन्धी कक्षा सञ्चालन गरिने उहाँको भनाइ थियो ।

यसैगरि यस आ..मा २३ वटा सवारी दुर्घटना, ९ को मृत्यु, गम्भिर घाइते २१ साधारण घाइते १६ जना रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रममा पुस महिनामा मात्र १६ सय ५९ सवारी साधनलाइ कार्वाहि गरिएको, यसआ..मा १८ लाख ८५ हजार र पुस महिनामा मात्र ३ लाख ९२ हजार ३ तिन सय राजश्वसंकलन गरिएको प्रमुख रावलले बताउनुभयो ।