कृष्णराज धमाला
जेठ ९, सुर्खेत ।
सुरीलो स्वरका धनी जनक कार्कीको ‘काली पन काली’ बोलको नयाँ गीत बजारमा सार्बजनिक भएको छ ।
गोरखपुर रेलैमा, नातै तोडेर , गोर्खा बजारमा , फोन उठाउन गारो नमाने, बेरोजगारी भैयो जैले नि, सुदूरपश्चिम सारै राम्रो ठाउँ, तहल्का मच्चाउने, तु गोरु लेल्लिकी लगायतका चर्चित देउडा र दोहोरी गीत गाएर नेपाली सांगितिक आकाशमा बेग्लै पहिचान बनाउन सफल तिनै गायक कार्कीको पछिल्लो मन छुने समसामयिकताको पक्षपाति ‘काली पन काली’ गीतको म्यूजिक भिडियो हालै सार्बजनिक भएको हो ।
२०४१ सालमा अछाम जिल्लाको कालेकाँडामा वुवा मानबहादुर र आमा होइजाली कार्कीको कोख बाट जन्मिएका जनक बिद्यालय उमेर देखि नै गीत संगीतमा रमाउने गर्थे । यही रमाउने क्रमले निरन्तरता पाउँदै गर्दा हाल चर्चीत गायका रुपमा चिनिएका छन् जनक ।
सुमधुर स्वर र मिलनसार ब्यबहारका धनी जनक स्थापित गायक भए सँगै भारतका बिभिन्न स्थान तथा नेपालका बिभिन्न जिल्लाहरुमा आयोजना हुने महोत्सवमा पनि सहभागी हुन्छन्, दर्शक, श्रोताहरुको मन पनि जित्छन् ।
पछिल्लो जनकको ‘काली पन काली’ गीत र लय राजेन्द्र शाह बिपिको रहेको छ भने जनक कार्की र टिका पुनको स्वर रहेको छ । यस गीतमा आफै जनकले अभिनय गरेकाछन् भने उनलाई हिमानी र साथीहरुले अभिनयमा साथ दिएकाछन् ।
जनकको अर्को बिशेषता उनले गीत गाउँदैनन् मात्र रचना गर्छन्, लय बनाउँछन्, अभिनय पनि गर्छन् । उनी देउडा सँस्कृतिमा मात्रै सिमित बनेका छैन लोकदोहोरीमा पनि उनि अभ्यस्त नै देखिन्छन् ।
उनी भन्छन् जीवनका धेरै बसन्तहरु गीत संगितमै बिते भावी दिनहरु पनि त्यसैगरी बिताउने योजना छ । गीत संगितका कारण जनक कार्कीको पहिचान अलि फराकीलो भएको बुझेका जनक गीत संगितलाई आबस्यक पर्दामात्र उपयोग गर्ने परम्पराको अन्त्य गरी राष्ट्रले नै गीत संगितको उन्नयनका लागि यथेष्ट लगानि गर्नु पर्दछ ।
Milan Shrestha । ९ जेष्ठ २०७५, बुधबार ०६:३६ बजे