
सुर्खेत,५ पुुस ।
युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा सुर्खेतमा बन्द हुँदा जनजीवन प्रभावित भएको छ । युवा संघ नेपाल सुर्खेतले मंगलबार (आज) विहान ८ बजेदेखी दिउसो तीन बजेसम्मका लागि बन्दको आह्वान गरेको छ ।
सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन मंगलबार विहान ८ बजेसम्म सञ्चालनमा आएपनि अहिले बजार, यातायात र स्कुलहरू बन्द भएका छन् ।
युवा संघका कार्यकर्ताहरूले हत्यारालाइ कारवाही गर्नु पर्ने माग राख्दै र्र्याली निकालेका छन् । वीरेन्द्रनगरको मंगलगढी चौकमा युवा संघका कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ ।
यसै गरी युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाका अनुशार हाल सम्मको बन्द शान्तिपूर्ण रहेको बताउदै, नगरवासीहरुले बन्द सफल पार्न साथ समेत दिएको बताए । उनका अनुशार मंगलवार मात्र १ दिने बन्द रहेका तर आज सांझ देखि पूर्ण रुपमा बन्द खुल्ने जानकारी दिए ।
यसै गरी नगरी प्रहरीका इन्चार्ज प्रहरी उपरिक्षक केशवराज ज्ञवालीका अनुशार बन्द शान्तीपूर्ण रहेको बताए ।
Milan Shrestha । ५ पुष २०७३, मंगलवार ०६:१६ बजे