मिलन श्रेष्ठ
सुर्खेत,१० बैशाख । सुर्खेत हार्डवेयर समितिद्धारा आफ्ना कामदार, कर्मचारि, पलम्बरहरुलाई सहयोग गरेको छ ।
सुर्खेत जिल्ला वीरेन्द्रनगरमा हार्डवेयर पसलमा काम गर्ने कर्मचारी एवंम् मजदुरहरुलाई बुधबार(आज) सुर्खेत हार्डवेयर समितिले सहयोग गरेको हो । समितिका अनुसार जिल्लाका विभिन्न हार्डवेयर पसलहरुमा कार्यरत ३८८ जनालाई जनहि १३७८ बराबरको २५ किलो चामल, दाल, नुन र तेल सहयोग गरेको छ । बुधबार बिहानै देखि समितिले कामदाहरुको घर आगनमा गएर उक्त सहयोग प्रदान गरेको थियो ।



Milan Shrestha । १० बैशाख २०७७, बुधबार १९:२९ बजे