यूवापुस्ता आन्दोलित (भिडियो सहित)


१ असार, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसले देश आक्रान्त भै रहेको वेला यूवा पुस्ताहरुमा यतिवेला आन्दोलनको लहर छाएको छ ।

सरकारले गरेका काम कारवाहीलाई लिएर यतिवेला देशैभर यूवापुस्ता स्वस्फूर्त आन्दोलन गरिरहेको पाइन्छ । सामाजिक सञ्जालमा भने अझबढी यूवापुस्ताको आन्दोलन चलिरहेको पाइन्छ । कोरोनाको त्रासलाई एकातिर पन्छ्याएर यूवा

यसैशिलसिलामा कर्णाली प्रदेशको राजधानीमा पनि यूवाहरुको जमातले शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको छ । मोटे ग्याङ्ग नेपाल तनाव छ जिन्दगी दाह्री ग्याङ्ग लगाएतका यूवासमूहले पनि भरखरै आन्दोलन गरेको थियो । यही वेला हिजो जेठ ३२ गते स्वस्फूर्तरुपमा प्रदेश राजधानीको शहर वीरेन्द्रनगरको वीरेन्द्रचौकमा प्लेकार्ड बोकेर केही यूवासमूह शान्तिपूर्ण आन्दोलनमा उत्रिएको छ ।

यूवासमूहले “You Missused Our Vote So We Are in Road” “कर किन कार किन्न” “असुरक्षित क्वारेन्टाइन कोरोनाको स्वर्ग हो” “सुन्नु भएन सुनाउन आएको” “अहिलेको सरोकार 100%  पिसिआर” जस्ता नाराहरु बोकेर चर्को घामको प्रवाह नगरि आन्दोलनमा होमिएकाछन् ।

आन्दोलित यूवासमूहले सबै यूवाहरुलाई आन्दोलनमा होमिन आग्रह पनि गरेको छ ।