ट्राफिक प्रहरी सुर्खेतद्वारा भाडाका सवारीसाधन अनुगमन (भिडियो सहित)


५ म‌ंसीर, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आज भाडाका सवारी साधनहरुको अनुगमन गरेको छ ।

नियमिति अनुगमन गर्ने काम अन्तरगत नै आजको अनुगमन गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक उदय सि‌ह सिजापतीले बताउनुभयो ।

“हामीले विषेश गरेर माइक्रो बसहरुमा क्षमता भन्दा बढी सिट क्षमता यात्रु बोक्ने गरेको जनगुनासो आएपछि हामीले अनुगमनलाई तिब्रता दिएका हौं अनुगमनलाई हामीले निरन्तरता पनि दिन्छौ यस्ले पक्कै पनि कर्णालीमा हुने सवारी दुर्घटनामा कमि आउने आशा गरेका छौं । निरिक्षक सिजापतीले भन्नुभयो ।

आज १ सय ७२ वटा यात्रुवाहक सवारी साधनमा अनुगमन गर्दा ४६ सवारीलाई कारवाही गरिएको र त्यसबाट करिव २५ हजार राजश्व संकलन भएको प्रहरी सहायक निरिक्षक हरिभक्त रोकायले बताउनुभयो ।

अनुगमनका क्रममा क्षमता भन्दा बढी यात्रु सिट क्षमता भएका सवारीको सिट हटाउन निर्देशन दिएको र तत्काल निकाल्न मिल्ने सिटहरु निकालिएको प्रहरी सहायक निरिक्षक रोकायले जानकारी दिनुभयो ।