
१८ चैत्र, सुर्खेत । सुर्खेत देखि नेपालगंज जाँदै गरेको देउती नागरिक यातायातको बा ५ ख २८२७ नम्बरको माइक्रो बसलाई भे १ त ५३५९ नम्बरको ट्याक्टरले अहिले विहान वीरेन्द्रनगरको तिनकुने चौकमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
विपरित दिशा आएको ट्याक्टर ३ कुने चौकबाट एयरपोर्ट तर्फ जाँदा दुर्घटना भएको ट्राफिक प्रहरी हवल्दार रेशम भण्डारीले बताउनुभयो ।
दुर्घटनामा गम्भीर घाइते वीरेन्द्रनगर ७ निवासी दिपक पाण्डे र गिता पाण्डेलाई थप उपचारकालागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।
तिब्रगतीका कारण दुर्घटना भएकाे माइक्रोबसका यात्रु भरत राईले बताउनुभयो ।



Prawash Kumar Shakya । १८ चैत्र २०७४, आईतवार ०३:५५ बजे