पुनर्निर्माण महाअभियानको सुरुवात राष्ट्रपतिले रानीपोखरीबाट र प्रधानमन्त्रीले बुङमतीबाट गर्ने


२७ पुस, काठमाडौं । भूकम्प पछिको पुनर्निर्माण महाअभियानको सुरुवात आउँदो माघ २ गतेदेखि काठमाडौंको रानीपोखरी र ललितपुरको बुङमतीबाट एकसाथ सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट र प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमतीबाट पुनर्निर्माण महाअभियान सुरुवात गर्नेछन् ।
प्रशासनिक खर्च २९ करोड
पुनर्निर्माण प्राधिकरण गठन भएपछि सोमबार पहिलोपटक निर्देशक समितिको बैठक बसेको थियो । निर्देशक समितिको बैठकले पुनर्निर्माणका लागि चालु आर्थिक वर्षको प्रशासनिक खर्चका लागि २९ करोडको बजेट स्वीकृतसमेत गरेको छ ।
बैठकले आउँदो माघ २ गतेदेखि २०७३ वैशाख १२ गतेसम्म पुनर्निर्माण महाअभियान सन्चालन गर्ने निर्णय गरेको प्राधिकरणका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।
त्यसका लागि प्राधिकरणको संरचनागत संगठन विस्तार गरिनेछ । ‘भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ वटा क्षेत्रीय कार्यालय र बाँकी १७ जिल्लाहरुमा ७ वटा उपक्षेत्रीय कार्यालय स्थापना गरेर पुनर्निर्माणलाई तिव्रता दिन्छौं,’ अधिकारीले भने ।
साभारः अनलाइन खबर