धनगढी, ८ वैशाख ।
गएराति हावाहुरी र वर्षासहित परेको चट्याङका कारण कैलाली र डोटी जिल्लामा गरी तीनजनाको मृत्यु भएको छ । कैलालीको मध्यक्षेत्रको बौनिया गाविस–२ मैनापोखरी गाउाका सोसुराम चौधरीको घरमा राति परेको चट्याङबाट उनकी श्रीमती अन्दाजी २६ वर्षीया टीकादेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर बेहोस भएकी चौधरीको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । चट्याङबाट बेहोस भएका सोसुराम र उनका १३ वर्षीय छोरा निराजनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनामा चौधरीको एक चौपायासमेत मरेको छ । यसैगरी, डोटीको पश्चिमी सीमा क्षेत्र घण्टेश्वर गाविस–३ घोरडी गाउामा परेको चट्याङ लागेर स्थानीय ६० वर्षीय तारासिं मल्ल र ५५ वर्षीया रामकली डाागीको मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मल्लले बताउनुभयो ।
चट्याङका कारण बेहोस भएका दुवै जनाको उपचारार्थ धनगढीतर्फ ल्याउादै गर्दा बाटैमा राति मृत्यु भएको हो । उक्त घटनामा घाइते भएका अन्य १५ जनलाई उपचारार्थ अस्पतालतर्फ ल्याउादै गरिएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बुझिएको छ । हावाहुरीसहित भएको वर्षाले कैलालीमा भर्खरै काटेर खेतमा थुपारिएको गहुाबाली भिजेर क्षति पुगेको छ ।



Milan Shrestha । ८ बैशाख २०७०, आईतवार १०:४२ बजे