मासु पसलको अनुगमन


170225-514x420सुर्खेत २८, असार । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रभित्र रहेका मासु पसलहरुको अनुगमन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको संयोजनमा जिल्ला पशु सेवा, कृषि, राष्टिय उपभोक्ता मञ्च, मासु व्यवसायी संघको टोलीले मासु पसलको अनुगमन गरेको हो ।

अनुगमनको क्रमममा विगतमा अनुगमन टोलीले दिएका सुझावहरु मासु व्यवसायीहरुले कार्यान्वयन गरेको देखिएको टोलीले जनाएको छ । मासु व्यवसायीहरुले सुरक्षित रुपमा मासु व्यवसाय संचालन गरेका छन कि छैनन भनेर टोलीले ३/३ महिनामा मासु पसलको अनुगमन गदै आएको नगरपालिका अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले वताउनु भयो ।

उहाँले मासु काटने अचानो, जाली, हतियारहरु सफा र सुरक्षित भए नभएको सइनवोर्ड राखे नराखेको लगायतका कुराहरु हेरिएको जानकारी दिनुभयो ।

१४ वटा मासु पसलमा गरिएको अनुगमनको क्रममा कतिपय पसललाई थप सुझावहरु समेत दिइएको उपशाखा प्रमुख गिरीले उल्लेख गर्नुभयो ।

साभारः राराखबर अनलाइन