बुधवार बिहान सिमेन्ट, सिरया, ग्यासको सिलिण्डर र खाध सामाग्रीहरु बोकेर सुर्खेत देखि लेखफर्सा जान लागेको भे.१.ख २२४६ नम्बरको बौद्ध यातायातको ट्रक करिब १०ः३० बजे धुलियाबिट–भेडाबारी सडकको करैखोला नजिक दूर्घटना ग्रस्त भएको छ । प्रत्यक्षदर्शिका अनुशार उक्त ट्रकको ब्रेक र स्टेरिंग दुबै फेल भई अनियन्त्रित भएपछि दूर्घटना भएको हो ।
दूर्घटना पश्चात घटना स्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, दुई वटा जे सी बी र स्थानीय युवाहरूको ३ घण्टाको लामो प्रयास पश्चात चालक र १ महिला लाई घाइते अवस्थामा उद्धार गरिएको छ भने सह–चालक र १ बच्चालाई सो अगि नै उद्धार गरि थप उपचारका लागी स्थानिय नसिङ्ग होममा पठाएको बारे स्थानिय बिनोद ढकालले जानकारी दिए । भरखरै प्राप्त बौद्ध यातायात व्यसायी संघका प्रबन्धक बालकृष्ण श्रेष्ठका अनुशार घटना स्थलबाट उद्धार गरिएका चालक र महिला सावरीलाई थप उपचारका लागी कोहपुर मेडिकल क्लेज बांके पठाईएको छ भने थप ५ जनालाई स्थानिय माया नसिङ्ग होममा उचार गराईरहेको छ ।
Milan Shrestha । १८ फाल्गुन २०७३, बुधबार ०९:४५ बजे