प्रहरी उच्चस्रोत भन्छ, कांग्रेसकै योजनामा बम विस्फोट


निर्वाचन विरुद्ध भइरहेको बम विस्फोटमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको समेत संलग्नता रहेको पाइएको छ । अनुसन्धानबाट कतिपय बम विस्फोटमा कांग्रेसको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ । उच्च प्रहरी स्रोतका अनुसार नुवाकोटको ककनी, उदयपुर र गुल्मीमा भएको विस्फोटमा कांग्रेसकै संलग्नता रहेको प्रहरीले दावी गरेको छ ।

हार्ने मनोविज्ञान बनेपछि उम्मेदवारहरुले आफ्नो योजनामा बम पड्काउने र मतदातासँग सेन्टीमेन्ट लिने काम भइरहेको प्रहरीले पत्ता लगाएको हो । स्रोतले भन्यो, नुवाकोटको ककनीमा कांग्रेस उम्मेदवार महत मुल सडक छोडेर साँघुरो बाटो झरेका छन् । उनी त्योबाटो भन्दा मुलबाटो हुँदै सजिलै र सहज तरिकाले त्यो कच्ची बाटोमा गएको देखिन्छ । र महतको गाडी थोरै ब्रेक लगाएपछि बम विस्फोट भएको छ ।

प्रहरीले भन्यो, धराप थाप्ने कांग्रेस बाहेक अरु थिए भने महत त्यो बाटो जान्छन् भनेर अनुमान पनि गर्न सक्ने स्थिती थिएन । प्रहरीले गरेको अध्ययनमा पनि उक्त विस्फोट कांग्रेसकै संलग्नतामा भएको भेटिएको छ । तर प्रहरीले रिर्पोटमा अज्ञात समूहले विस्फोट गराएको भनि उल्लेख गरेको जनाएको छ ।

प्रहरीले गुल्मीमा एक कांग्रेसका निर्वाचित वडा सदस्य विस्फोटक पदार्थ सहित पक्राउ परेको जनाएको छ । मंसीर १४ गते उनी बम बनाउन आवश्यक बारुद र जिलेजिनलगायत विस्फोटक पदार्थ सहित पक्राउ परेका हुन् । प्रहरीले उक्त विस्फोटक पदार्थ पनि कांग्रेसकै योजनामा बम फड्काउन ओसार पसार भएको पुष्टि गरेको छ । यसैवीच काठमाडौ क्षेत्र नं ४ मा भएको विस्फोट पनि कांग्रेसको आफ्नै योजनामा भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भन्यो, आफ्नै योजनामा विस्फोट गराउँदा प्राविधिक कमजोरीले उम्मेदवार सहित कार्यकर्ता घाइते भएको हुनपनि सक्छ । कांग्रेसका उम्मेदवारहरुले हार्नेस्थितीमा बम पड्काउँदै आफ्नो पक्षमा सान्त्वना मत लिने प्रयास गरेको प्रहरीको बुझाइ छ ।

साभारः अखबारदैनिकडटकम