खेल २९ ओभरमा छोट्याइयो, नेपालले दियो केन्यालाई १०४ रनको लक्ष्य


काठमाडौंः वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल फेरि २९ ओभरमा छोट्याइएको छ।

नेपालले ३६ ओभरको समाप्तिमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको हो। डिएल मेथडअनुसार २९ ओभरमा खेल छोटिएसँगै अब केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको छ।7-7
वर्षाकै कारण ५० ओभरको खेल ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन तथा केन्याविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए। शक्ति गौचन १८ र सोमपाल कामी १५ रनमा अविजित रहे। गौचन र कामीले ३० रनको साभेदारी गरे।
ओपनर सुनिल धमला ३ रनमा पभिलियन फर्किँदा सागर पुन १० रनमा आउट भए। यसैगरी बसन्त रेग्भीले ६, विनोद भण्डारीले ४, शरद भेष्वाकरले ३ र मेहबुब आलमले २ रन जोडे। सभार अन्नपुर्ण पोस्टबाट