युनियन नेपाल को अध्यक्षमा सुवेदी


२७ पुस,काठमाण्डौ । माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN ) काे राष्ट्रिय एकता महाधिवेशनमा सर्वसम्मत रुपबाट अध्यक्षमा दिपकराज सुवेदी चयन हुनुभएको छ ।

यहि पुस २५,२६र २७ गते काठमान्डौ को बुद्धनगर मा भयको हिस्टुनको राष्ट्रिय एकता महाधिवेशनबाट केन्द्रीय अध्यक्ष दिपकराज सुवेदी को नेतृत्वमा  कर्णाली प्रदेश बाट  बरिस्ठ उपाध्यक्ष गोकुल पाण्डे, महा सचिव टिका न्यौपाने, उप महासचिव  अनन्त पन्त, उपाध्यक्ष महिलामा कल्पना पनेरु, उपाध्यक्ष मनोज दाहाल  लगाएत ९९ सदिसिय कार्य समिती गठन गरीएको छ । 

संगठनलेनेपालमा ठूलो राजनैतिक क्रान्ति पश्चात निर्माण गरिएको संबिधानले मुलकलाइ संघिय संरचनामा लगेको र २०७४ सालमा सम्पन्न तीनै  तहका निर्वाचनले राज्य संचालनको ढाँचालाइ परिवर्तन गरी शैक्षिक संरचनालाइ समेत पुन संरचित गरेको अवस्थामा कक्षा ९देखी १२ सम्मलाइ माध्यामिक तह निर्धारण गरिएको र शिक्षाको एउटै संरचनामा कार्यरत शिक्षकहरुको व्यवस्थापनमा समेत विभेद  गरेको   संगठनले दावि गरेको छ  ।

शिक्षा ऐनको ९औं संशोधनमा कक्षा १देखि १० सम्मका अध्यापनरत शिक्षाकहरुको स्थायित्वका बारेमा प्रस्टसँग उल्लख भएको र सोही संरचनामा अन्तर्गतका ११र १२मा अध्यापनरत शिक्षकहरुको सेवा सर्त सुबिधा एवं स्थायित्वका विषयमा कुनै कुरा उल्लेख नहुनुल् यस तहमा अध्यापनरत शिक्षकहरुले अपमानित र राज्का तर्वबाट पक्षपातपुर्ण व्यवहारको महशुस गरेको कुरा स्वीकार्य नभएको  कुरा माग गत्रमा पेश गरीएको छ ।

 संगठनले  यी र यस्ता कार्यहरुले शिक्षकमा उर्जा थप्ने र हौसला बढाउने कार्य गर्न नसक्ने हुनाले शिक्षााको संधिय ऐन तयार हुदै गर्दा यसलाइ कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको समस्याको समेत सामाधानहुने गरी ऐनमा समावेश गरिदिनुहुन भनी तपिशलबमोजिमका मागहरु राखी  कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकराका शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री गिरीराज मणी पोख्रलाइ बुझाएको छ ।