
सुर्खेत, ०४ चैत्र ।
शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सातदिने होटेल सहायक कुक सम्बन्धी तालिम सुरु भएको छ । युएस.ए.आई.डिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रबर्धन कार्यक्रम(पहल) अन्तर्गत बैकल्पिक जीविकोपार्जन अन्तर्गत उक्त सातदिने तालिम सुरु भएको हो ।
परियोजना लागु भएका गाविसका बेरोजगारी युवाहरुलाई खाजा–नास्ता सम्बन्धी व्यवस्थापन, समस्या, चुनौती तथा समाधानका विषयमा जानकारी गराई होटल व्यवसायलाई सफल बनाउने सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा पहल परियोजना लागु भएका रजेना, धारापानी, लेखपराजुल, नेटा र काँफलकोट गाविसका बेरोजगार युवा–युवतीहरुकोे सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रमका सभाध्यक्ष तथा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले आफ्नो विगतको अनुभव साँट्दै युवाहरुलाई कुनैपनि व्यवसाय गर्नको लागि ज्ञान, सीप र दक्षता हासिल गर्न अत्यावश्यक भएको बताए । अध्यक्ष भुषाले तालिममा सहभागिहरुलाई तालिमबाट सिकेका प्राविधिक सिपहरुलाई व्यवसाय सञ्चालनको क्रममा लागु गर्नसके आफ्नै ठाउँमा रोजगारीको वातावरण सिर्जना गर्न सकिने बताए ।
यस्तै, पहल कार्यक्रमका पहल परियोजनाका जिल्ला संयोजक भिमराज वास्तोलाले पहल परियोजनाले गर्ने काम र लक्ष्य, उद्देश्यका बारेमा जानकारी गराएका थिए । सात दिने तालिमका प्रशिक्षक केशब परियारले होटल व्यवसायको अवसर चुनौती र समस्या समाधानका विषयमा छोटकरीमा जानकारी दिदै तालिम छोटो अवधिको भएता पनि तालिमले बेरोजगारी युवाहरुलाई सिपबाट नै रोजगारीको थुप्रै अवसर प्राप्त गर्ने बताए । पहल परियोजनाका बैकल्पिक जीविकोपार्जन अधिकृत पदमबहादुर दलामीले सहजीकरण गरेको तालिममा पहल परियोजना लागु भएका गाविसका १५ सहभागी रहेका छन् ।
Milan Shrestha । ४ चैत्र २०७३, शुक्रबार १२:२५ बजे